प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सचिवालयको अपडेट

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सचिवालयको अपडेट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे उनको निजी सचिवालयले आधिकारिक जानकारी गराएको छ। शुक्रबारबाट अस्वस्थ रहेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे यो पहिलो आधिकारिक जानकारी हो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदै अनुपस्थित भएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालद्वारा जारी प्रेस नोटमा प्रधानमन्त्रीलार्इ मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताइएको छ। प्रेस नोट अनुसार आइतबार ३ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा भने प्रधानमन्त्री सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातिमा संक्रमण बढ्ने खतरा देखेपछि चिकित्सकले उनलाई निवासमै आराम गर्न सुझाएका हुन्।

गतवर्ष पुस अन्तिम साता थाइल्यान्डको बैंककस्थित बुम्रुङग्र्याड अन्तर्राष्ट्रिय अस्पतालमा प्रधानमन्त्रीले फलोअप चेकअप भएको थियो। प्रधानमन्त्री  बनेपछि ओली फलोपअ चेकअपका लागि बैंकक जान पाएका छैनन्।

प्रेस सल्लाहकार डा. अर्यालका अनुसार प्रधानमन्त्रीले बैंकककै स्तरमा नेपालमै स्वास्थ्य जाँच गराइरहेका छन्। प्रधानमन्त्री तत्काल नै लागि फलोअप चेकअपका लागि बैंकक जान नचाहेको अर्याल बताउँछन्।

नेपाली चिकित्सकहरू डा.दिव्या सिंह र डा. दिलिप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य जाँच गर्दै आएका छन्। डा.दीलिप शर्माकै सहल्लाहमा प्रधानमन्त्री अहिले आराम गरिरहेका हुन्‍ा्। डा. सिंह भने अहिले विदेशमा छिन्।

प्रेस नोट:


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.