३ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

३ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक

काठमाडौं : दुई दिनदखि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या हुँदा बस्न नसकेको मन्त्रिपरिषद् बैठक अहिले ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्ने भएको छ। 

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे उनको निजी सचिवालयले आधिकारिक जानकारी गराउँदै आइतबार दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बालुवाटारमा बस्ने जानकारी गराएको हो। शुक्रबार साँझ बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री अस्वस्थ्य भएपछि बस्न सकेको थिएन। 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन्।

प्रधानमन्त्रीका प्रेस सल्लाकार कुन्दन अर्यालले आइतबार प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै प्रेस नोट सार्वजनिक गरेका हुन्। प्रेस नोटमा प्रधानमन्त्रीलार्इ मौसमी रुघाखोकी र हल्का ज्वरो आएको बताइएको छ। 

प्रधानमन्त्री ओलीको ११ वर्ष अगाडि २०६४ साल असारमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। 

मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आएका छन्। उक्त औषधिका कारण प्रतिरोधात्मक क्षमतामा कमि आएको र रुघाखोकीका कारण छातिमा संक्रमण बढ्ने खतरा देखेपछि चिकित्सकले उनलाई निवासमै आराम गर्न सुझाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.