नाम र राजधानी टुंग्याउन प्रदेश २ ले बनायो आयोग

नाम र राजधानी टुंग्याउन प्रदेश २ ले बनायो आयोग

जनकपुरधाम : राजधानी र नामको टुंगो लगाउन प्रदेश २ को सरकारले आयोग गठन गरेको छ । सरकारको तर्फबाट राजधानी र नामको टुंगो लगाउन ढिलाई हुँदा चौतर्फी आलोचना भइरहेका बेला सरकारले आयोगमार्फत यसको निचोड निकाल्ने भएको हो । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानी तय गर्न डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो ।

यस आयोगका सदस्यहरुमा मोहलाल चौधरी र रामप्रवेश बैठा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । ४५ दिन भित्र आयोगले प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा पाएको छ । 

समितिले दिने प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय लिने जनाइएको छ । आयोगले निर्धारित समयभित्र प्रदेशका विभिन्न जिल्लामा सर्वेक्षण गरि बनाएको प्रतिवेदन सरकारलाई बुझाउने छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.