यू-१९ महिला च्याम्पियनसिप : नेपालसँग पाकिस्तान ९-० ले पराजित

यू-१९ महिला च्याम्पियनसिप : नेपालसँग पाकिस्तान ९-० ले पराजित

काठमाडौं : थाइल्यान्डमा जारी एएफसी यू-१९ महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको अन्तिम खेलमा आइतबार नेपालले पाकिस्तानलाई ९-० गोलले हराएको छ। एकपक्षीय खेलमा नेपालका लागि जितमा निशा थोकरले ह्याट्रिक गरिन्। 

नेपालले दोस्रो मिनेटमै मञ्जली योञ्जनको गोलमा सुरुवाती अग्रता लिएको थियो। सम्झना लावतीले ३२औं मिनेटमा दोस्रो गोल गरिन्।  ३८औं मिनेटमा एलिशा जिम्बाले तेस्रो गोल गरिन्। पहिलो हाफमा ३-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा ६ गोल थपेको थियो। 

नेपालका लागि चौथो गोल ४८औं मिनेटमा पुजा रानाले गरिन्। ५४औं मिनेटमा पुजाले ब्यक्तिगत दोस्रो गोल थपिन्। ५७औं मिनेटमा निशा थोकरले फ्रिकिक प्रहारमा गोल गरिन्।

निशाले ७४औं र ८५औं मिनेटमा पेनाल्टी मार्फत लगातार दुई गोल थप्दै व्यक्तिगत ह्याट्रिक पूरा गरेकी थिइन्। ८९औं मिनेटमा कप्तान सरु लिम्बुले अर्को गोल गर्दै नेपाललाई फराकिलो जित दिलाएकी थिइन्।

पाकिस्तानसँगको फराकिलो जितसँगै नेपालले छनोटको सम्भावना बलियो बनाएको छ। नेपालले उत्कृष्ट उपविजेताको रुपमा छनोट हुने सम्भावना कायम राखेको हो। नेपाल समूहको पहिलो खेलमा थाइल्यान्डसँग ३-० गोलले पराजित भएको थियो। 

दोस्रो खेलमा नेपालले भारतलाई २-० गोलले पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावनालाई जीवित राखेको थियो। फाइनल चरणमा आठ टोलीबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपका लागि चीन, जापान, उत्तर कोरिया र आयोजक थाइल्यान्ड छनोट भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.