नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अनिस्चित कालका लागि स्थगित भएको छ। सोमबार र मंगलबारका लागि बोलाइएको सचिवालय बैठक तयारी नपुगेको भन्दै स्थगित भएको हो।
यसअघिको नेकपाले विष्णु पौडेल र रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा प्रदेशसभा सदस्य चयन र केन्द्रीय सदस्यको कार्यविभाजनका लागि दुई समिति गठन गरेको थियो।
समितिलाई एक साताको समय दिइएको भए पनि प्रतिवेदन तयार भएको छैन।