प्रहरी ऐन बनाउन हतार छैन : मुख्यमन्त्री गुरुङ
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी ऐन बनाउन हतार नभएको बताएका छन्।
प्रहरी र समुदायबीच समझदारी सम्झौता गर्न आइतबार पोखरामा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘प्रदेश २ विवादमा आयो, हामी प्रादेशिक प्रहरी ऐन बनाउने हतारो गर्ने पक्षमा छैनौं’, मुख्यमन्त्री गुरुङले भने ।
संघले प्रहरी ऐन संशोधन भइसकेको छ । उनले छिटो संशोधन गरिनुपर्ने खाँचोमा भने जोड दिए । ‘चाँडो संशोधन गरे बाटो खुल्ने थियो’, मुख्यमन्त्री गुरुङले भने ।
शान्ति सुरक्षा दिन नसकेर भन्दा पनि राजा महाराजाको शासनमा प्रयोग हुँदा हिजोका दिनमा प्रहरीको छवि बिग्रेको उनको भनाइ छ ।