ऊर्जामन्त्री पुन र सर्वियाली उपप्रधानमन्त्रीबीच भेट

ऊर्जामन्त्री पुन र सर्वियाली उपप्रधानमन्त्रीबीच भेट

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीच भेटवार्ता भएको छ। युरो–एसियाइनर्जी सेक्युरिटी फोरममा भाग लिन सर्विया पुगेका ऊर्जामन्त्री पुन र उपप्रधानमन्त्री इभिकाबीच शनिबार शिष्टाचार भेटवार्ता भएको उनका प्रेस संयोजक रोशन खड्काले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

भेटमा द्धिपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीच आगामी दिनमा गर्ने सहकार्य गर्ने विषयमा समेत कुराकानी भएको थियो। मन्त्री पुनले गत मे मा उपप्रधानमन्त्री इभिकाले गरेको नेपाल भ्रमणप्रति नेपाल सरकार,परराष्ट्रमन्त्री र आफ्नो व्यक्तिगततर्फबाट धन्यवादसमेत व्यक्त गरेका थिए।

भेटमा मन्त्री पुनले नेपाल र सर्विया असंलग्न आन्दोलनका सहयात्री मुलुक भएको भन्दै आगामी दिनमा समेत विश्व मञ्चमा प्रस्तुत हुँदा साझा धारणा बनाएर जाने प्रस्तावसमेत राखेका थिए। उनले दुवै देशको सम्बन्ध मजवुत बनाउन उच्चस्तरीय भ्रमणको आदानप्रदानमा जोड दिनुपर्ने धारणा राखे। ‘हामी पुराना सहयात्री मुलुक पनि हौं, नेपाल र सर्वियाको द्वन्द्व र शान्तिको झण्डै उस्तै–उस्तै अनुभव छ, आगामी दिनमा विश्वमञ्चमा समेत साझा धारणा बनाएर अघि बढौ,’ पुनलाई उद्धृत गरिएको नोटमा छ।

नेपाल लामो समय द्वन्द्वमा गुज्रेको भन्दै मन्त्री पुनले अहिले देश स्थायित्वको युगमा प्रवेश गरिसकेको र मुलुकमा मजवुत सरकार बनेकाले लगानीको उचित वातावरण बनेको जानकारी सर्वियाली उपप्रधानमन्त्रीलाई दिएका थिए।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीको लागी सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिन समेत आग्रह गरे। उनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य अघि सारेको भन्दै त्यसमा लगानी जुटाउन आफूले पहल गरिरहेको धारणा व्यक्त गरे।

सरकारले नेपालमा विदेशी पर्यटकलाई भित्र्याउन ‘भिजिट २०–२० कार्यक्रम’ अघि सारेको भन्दै त्यसमा सर्भियाली पर्यटकलाई नेपाल भ्रमणमा पठाउने वातावरण बनाइदिन पनि उनले उपप्रधानमन्त्री इभिकालाई आग्रह गरे। ‘तपाई आफै पनि नेपाल भ्रमणमा जानुभएको छ, नेपाल निकै सुन्दर पनि छ, सरकारले अघि सारेको अभियानमा सर्वियाली पर्यटकलाई नेपाल भ्रमणको लागि उत्प्रेरित गरेर सहयोग गर्नुभयो भने हामी आभारी हुने थियौ,’ भेटमा मन्त्री पुनको भनाई उदृत गर्दै उनका निजी सचिव कमानसिंह थापाले भने।

जवाफमा सर्वियाका उपप्रधानमन्त्री इभिकाले नेपालसंगको सम्बन्ध मजवुत बनाउन सर्विया ईच्छुक रहेको भन्दै नेपालमा लगानीको लागी आफुले निजी क्षेत्रलाई उत्प्रेरित गर्ने र सर्वियाली पर्यटकलाई नेपाल भ्रमणमा जानको लागी वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गरे।

उनले इनर्जी फोरममा नेपालले सहभागीता जनाउनुले पनि नेपाल र सर्वियाबीचको सम्बन्ध मजवुत भएको पुष्टि गरेको भन्दै आगामी दिनमा दुवै देशबीच थप सहकार्य हुने विश्वास व्यक्त गरे।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.