न उपचार खर्च, न राहत : १५ वर्षदेखि शरीरमा गोली

न उपचार खर्च, न राहत : १५ वर्षदेखि शरीरमा गोली

बागलुङ : २०५८ साल भए पनि महिना र दिन ठ्याक्कै याद छैन उनलाई। उमेर चाहिँ १७ वर्ष। कक्षा ८ उत्तीर्ण। मुलुकमा जनयुद्धको लहर र त्रास दुवै। यही बेला ताराखोला गाउँपालिका ५ का प्रज्ज्वल उर्फ मनबहादुर घर्ती ज्यानको बाजा लगाउँदै सशस्त्र युद्धमा होमिए, जनताको जनजीविका, न्याय र समृद्धि ल्याउने कबुलसहित।

यस क्रममा धेरै ठाउँमा तत्कालीन नेकपा माओवादीको योद्धा बनेर आक्रमणमा उत्रिए। २०६० असोज २४ मा दाङको भालुबाङमा भएको आक्रमणमा दायाँ खुट्टामा गोली लाग्यो। अर्धचेत अवस्थामा रहेका उनलाई सहयोद्धा साथी र जनसेनाको प्राथमिक उपचार टोलीले सामान्य उपचार गर्‍यो। तर, पहिलेको जस्तो जोश, जाँगर उत्साहसहित युद्धको मैदानमा होमिन खुट्टा र त्यसभित्र रहेको गोली बाधक बन्यो। त्यस समय भारतको बोर्डरमा पुगेर पनि उनले उपचार गराए।

उपचारपश्चात दुखाइ र हिँडाइमा केही सहज त भयो तर खुट्टाको गोली निकालिएन। ‘१५ वर्षअघि युद्धका क्रममा लागेको गोली र छर्रा यहीँ भित्र छ’, प्रज्ज्वल भन्छन्, ‘डाक्टरले गोली मासु र छर्रा हाडमै मिलेर बसेको छ, यो निकाल्दा अझ बढी पीडा र समस्या हुन्छ भने पछि गोली बोकेरै बाँचिरहेको छु।’

भालुबाङ आक्रमणमा आफ्ना तीन दर्जन बढीको ज्यान हताहत भएको र त्योभन्दा बढी घाइते भएको उनी सम्झन्छन्। जनयुद्धमा घाइते भए पनि राज्यले द्वन्द्वपीडितलाई प्रदान गर्ने कुनै पनि सेवा, सुविधा र राहतबाट उनी वञ्चित छन्। ‘हुँदै नभएका घाइते, दण्डपीडितले विभिन्न नाम र बहानामा राहत सेवा सुविधा लिएको पाइयो’, उनले थपे, ‘तर मैले उपचार खर्चसमेत पाएको छैन, माओवादीको सरकार हुने बेला केही प्रक्रिया अघि बढाए पनि त्यो कहाँ पुगेर रोकिएको भन्ने बारेमा म बेखबर छु।’ अहिले प्रज्ज्वललाई हिँड्दा डुल्दा पनि बेला बेलामा दुखाइको समस्या छ। त्योभन्दा बढी भोलि गएर बुढेसकालमा खुट्टामा भएको गोलीले अझ बढी दुःख र पीडा दिने हो भन्ने चिन्ता र पिरलो छ।

आफूहरूले गरेको युद्धको बलमा धेरै नेता सत्ता र संसदमा पुगे पनि आफ्नो दुखाइ र पीडाबारे गम्भीरता नदेखाएको उनको गुनासो छ। प्रज्ज्वल जनयुद्धका क्रममा घाइते हुँदै गर्दा उनका माइला दाजु बाजेन्द्र घर्तीलाई पनि राज्यले बेपत्ता पारेको थियो। त्यसयता उनी सम्पर्कमै छैनन्। श्रीमतीसहित अहिले सगोलकै परिवारमा बस्दै आएका घाइते योद्धा प्रज्ज्वल अहिले स्थानीय दुर्गा भवानी माविमा निजी स्रोतबाट तलब खाने गरी अध्यापन गर्छन्।

सुरुआतमा ८ पास गरेका उनले तत्कालीन माओवादी शान्ति प्रक्रियामा आएपछि फेरि पढाइ सुरु गरेर प्लस टु पास गरेका छन्। अहिले बनेको कम्युनिस्ट पार्टी र वर्तमान सरकारले अब पनि अझै केही गर्न सक्छ की भन्ने झिनो आशा भने बाँकी छ उनलाई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.