बर्दियाको बारबर्दियामा १६७ वटा सालका कडी समातिए
गुलरिया : प्रहरीले ठूलो परिमाणमा चिरान गरेको सालका कडी पक्राउ गरेको छ। बारबर्दिया नगरपालिकाको धधबारमा अवस्थित प्रणित स-मिलबाट चिरान गरी ट्याक्टरमा बनियाभारतर्फ लैजाँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन टोली र इलाका प्रहरी कार्यालय जयनगरको संयुक्त गस्ती टोलीले कडी पक्राउ गरेको हो।
प्रहरीले भे १ त ३७०४ नम्बरको ट्याक्टरसहित १ सय १४ दशमलव ९९ क्युफिट परिमाणको साना-ठूला गरी १ सय ६७ वटा सालका कडी पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जयनगरका इन्चार्ज प्रहरी नायव निरीक्षक पुरन मल्लले बताए।
पक्राउ गरिएको कडी बारबर्दिया नगरपालिकास्थित जलजला सामुदायिक बनको रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको निरीक्षक मल्लले बताए। मल्लका अनुसार समुदायिक वनको ढलापडा मध्येको काठ १५ दिने चिरानी आदेशको अवधि सकिएको २० दिन पछि चिरान गरेको भेटिएकाले हामीले पक्राउ गरिएको हो।पक्राउ गरिएको कडीहरु इलाका वन कार्यालयलाई बुझाउने तैयारी छ।