मुग्लिन–नारायणघाट सडक : पाँच पुल जोखिममा

मुग्लिन–नारायणघाट सडक : पाँच पुल जोखिममा

काठमाडौं : मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए। मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ। महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो।

३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ। यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ। तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए।

एसियाली स्तरको बनेको यो सडकका १४ वटा पुल जतिसक्दो छिटो बनाउनुपर्ने चुनौती सडक विभागलाई छ। यी पुल तीन महिनाभित्र ठेक्का प्रक्रियामा गइहाल्ने गरी विभागले गृहकार्य पनि अघि बढाएको छ।

मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ।

यो सडक विश्व बैंकको दुई अर्ब ९० करोड रुपैयाँ सहुलियत ऋणमा दुई लेनबाट चार लेनमा विस्तार भएको हो। यसमा पुल बनाउन रकम विश्व बैंकले ऋण दिने भएको छ। २०३६ सालमा बनेका यो सडकका पुल जीर्ण भएको र नयाँ सडक बनेपछि पुल पनि अपग्रेड गर्नुपर्ने अवस्था आएको थापाले बताए। दोहोरो सवारी आवागमन गर्न सक्ने क्षमताकै भए पनि सडकको स्तरभन्दा कमजोर पुल भएकाले नयाँ निर्माण गर्नुपरेको विभागको भनाइ छ।

सडक स्तरीय बनेको भए पनि सवारीसाधन नियन्त्रणका लागि हरेक पुलको दुवैतर्फ ४÷४ वटा गति नियन्त्रक राखिएको छ। यसका कारण सवारीसाधलाई पुलको मुखमा पुगेपछि केही असहजता हुने गरेको छ। यो सडकमा २५ मिटरदेखि ६० मिटरसम्मका मोटरेवल पुल छन्। हाल ठेक्का लागेर निर्माण सुरु भएको २० मिटरको दासढुंगा, २५ मिटरको खानीबारी, २५ मिटरको मौरी र ८५ मिटरको जलवीरेबाहेकका बाँकी १४ वटा पुल तत्कालै नयाँ बनाउनुपर्नेछ।

सडक विस्तार गर्नुअघि ३६ किलोमिटरको दूरी पार गर्न घन्टौ लाग्थ्यो। तर, अहिले ३५ मिनेटमै मुग्लिनबाट नारायणघाट पुग्न सकिने भएको छ। चार वर्ष अघि नै ठेक्का लागेको यो सडक निर्माण करिब दुई वर्ष ढिलो सम्पन्न भएको हो। सडक निर्माण ठेक्का लागेपछि २०७२ मा गएको भूकम्प, नाकाबन्दी, निर्माण समग्री अभाव, अन्तरनिकाय समन्वय अभाव, प्रतिकूल मौसमलगायत कारण ढिलाइ भएको थियो। २०७१ को चैतमा ठेक्का लागेको यो सडक गत जेठमा मात्रै सञ्चालनमा आएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.