महासमिति भेला व्यवस्थान गर्न पाँच समिति

महासमिति भेला व्यवस्थान गर्न पाँच समिति

काठमाडौं : कांग्रेसले महासमिति भेला व्यवस्थानका लागि पाँचवटा उपसमिति गठन गरेको छ। कांग्रेस मुख्यालयमा सोमबार बसेको पार्टी पदाधिकारी तथा स्थानीय तयारी समितिको बैठकले प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, भोजन व्यवस्थापन, स्वंयसेवक परिचालन, स्थानीय सचिवालय र आर्थिक व्यवस्थापन उपसमिति गठन गरेको हो।

कांग्रेस महासमिति भेला मंसिर पहिलो साता काठमाडाैंमा बस्दैछ। भेलामा देशभरका १४ सय महासमिति सदस्य सहभागी हुनेछन्। भेलामा उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइराला नेतृत्वको समितिले संगठनात्मक प्रस्ताव र सहमहामन्त्री डा.प्रकाशशरण महत नेतृत्वको समितिले आर्थिक व्यवस्थासम्बन्धी प्रस्ताव पेश गर्नेछ। तीनवटै समितिले प्रस्ताव लेखन कार्य जारी राखेका छन्। पार्टीको आर्थिक नीति तयार पार्न देशभरका ५ ठाउँमा अन्तक्र्रिया गरिएको छ।

महासमिति भेलाबाट पारित गर्नुपर्ने पार्टीको नयाँ विधान पनि मस्यौदा समितिले अन्तिम चरणमा पुर्याएको छ। १६ गते हुने चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमपछि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकमा पेश गर्ने गरी समितिले विधान लेखन कार्य जारी राखेको छ।

महासमितिको मेनु

कांग्रेसले महासमिति सदस्यका लागि भोजनको मात्रै व्यवस्था गर्ने भएको छ। भेलामा सहभागी हुने सदस्यले आवासको व्यवस्था आफैं गर्नुपर्ने निर्णय पार्टी पदाधिकारी बैठकले गरिसकेको छ। महासमिति भेलाका सहभागीलाई बिहानको चिया, खाना र दिउँसोको खाजा मात्रै व्यवस्था गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.