कपाल झर्ने वा चाया पर्ने समस्या छ ? समाधानको यस्तो छ सही विधि
काठमाडौं : सुन्दर कपाल कसलाई पो मन पर्दैन। सबैको चाहना हुन्छ, आफ्नो कपाल सुन्दर अनि चम्किलो भइदियोस् । तर, चाहेर मात्र हुँदैन। सुन्दर कपालका लागि केही उपाय भने अपनाउनुपर्छ। मानिसको सौन्दर्यतामा कपालको ठूलो भूमिका रहन्छ।
त्यसैले प्रायजसोले कपाल सुन्दर बनाउने बाहनामा रङ लगाउने, कपालको आकार मिलाउने मात्र नभइ बाक्लो कपाललाई पातलो र पातलो कपाललाई बाक्लो बनाइरहेका हुन्छन्। तर कपाल सुन्दर बनाउने भन्दै जुनपायो त्यही विधि अपनाउँदा यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ।
त्यसैले कपालको प्रकृतिअनुसार कपालमा लगाउने रङ र स्याम्पु सही तरिकाले प्रयोग गर्नुपर्ने विज्ञहरु बताउँछन्। सुन्दर कपालका लागि रङ वा स्याम्पु लगाएर मात्रै हुँदैन। त्यसका लागि सन्तुलित आहारविहार शैली अपनाउनुपर्छ। सही हेरचाह, सन्तुलित खाना र उचित स्याम्पुको प्रयोगबाट कपाललाई सुन्दर र चम्किलो बनाउन सकिन्छ।
कपाल स्वास्थ राख्ने सही तरिका
- रुखो कपालमा कन्डिसिनिङ गर्दा विशेष ध्यान दिनुपर्छ।कपाललाई प्राकृतिकरुपमै राख्नका लागि अण्डा,मह र कागतीको मिश्रणको प्रयोग गर्न सकिन्छ।यो मिश्रण करिब १५-२० मिनेटसम्म कपालमा लगाउनुपर्छ।
- टाउकोमा चिलाउने समस्याले कपाल झर्ने वा टुक्रिने गर्छ। यदि टाउकोमा चिलाउने समस्या छ भने जतिसक्दो सम्बन्धित चिकित्सकसँग जाँच गराउनुपर्छ।सामान्य चिलाउने समस्या छ भने कागती वा वेनेगर, अमलाको लेप बनाएर कपालको जरामा १५ मिनेट जित लगाउनुपर्छ। यसले चिलाउने समस्या ठीक हुन्छ।
- यदि कपालमा तैलीय वा चिपचिपपना आउँछ भने स्याम्पु प्रयोग गर्नुभन्दा पहिले विनेगर लगाउनुपर्छ। यसले कपालमा भएको तैलियपनालाई हटाउन ठूलो मद्दत गर्छ।
- कपाल झर्ने समस्या छ भने प्याज र अदुवाको रस मिलाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोकिन्छ।हप्तामा दुई वा तीनपटक उक्त रस लगाउँदा कपाल झर्नबाट बच्नुका साथै सुन्दर र चम्किलो हुन्छ।
- कपाल स्वस्थ राख्नका लागि चिसो पानीले नुहाउनुपर्छ।पीएचको सन्तुलन भएको स्याम्पु प्रयोग गर्नुपर्छ।धोएको कपाल सुकिसकेपछि मोटो दाँत भएको काइँयोले पाँच मिनेट जति कोर्नुपर्छ।
- कपाल चम्किलो बनाउन सन्तुलित आहार बिहार शैलीमा ध्यान दिनुपर्छ। प्रोटिन र कार्बोहाइड्रेटयुक्त खानामा जोड दिनुपर्छ।सुन्दर कपालका लागि पालुंगो र अनारको सेवन बढी मात्रामा गर्नुपर्छ।
- श्रोत आजतक