चीन–पाकिस्तान अब बसमै यात्रा गर्न मिल्ने

चीन–पाकिस्तान अब बसमै यात्रा गर्न मिल्ने

इस्लामाबाद : भारतको नयाँदिल्ली देखि नेपालको काठमाडौं बस सेवा सुरु भएको केही वर्षमै पाकिस्तान र चीन पनि बस सेवाबाट जोडिएका छन् ।

एक प्राइभेट कम्पनीले ‘चाइना–पाकिस्तान इकोनोमी कोरिडोर’ कार्यक्रम अन्तरगत पाकिस्तान र चीनलाई बस सेवाबाट जोडेको हो । आगामी नोभेम्बर ३ मै यो बस सेवा उद्घाटन गर्ने बताइएको छ ।

यो सेवालाई लिएर पाकिस्तान र चीनबीच आर्थिक सम्बन्ध मजबुत बन्ने भन्दै पाकिस्तानी मिडियाले टिप्पणी गरेका छन् । बस सेवा जोडिने समाचारसँगै लाहोरका स्थानीयहरुले चीन यात्राको लागि बसका सीट ‘बुकिङ’ गरिसकेका छन् । अधिकारीहरुका अनुसार हरेक हप्ता चार दिन पाकिस्तानको लाहोर र चीनको तास्कुरगान बस सेवा उपलब्ध हुने छ ।

लाहोरबाट शनिबार, आइतबार, सोमबार र मंगलबार बस चीनको तास्कुरगानको लागि छुट्ने छन् । यस्तै तास्कुरगानबाट मंगलबार, बुधबार, बिहीबार र शुक्रबार लाहोरका लागि बस छुट्ने छन् ।

यात्रुले भने लाहोर, रावलपिण्डी र इस्लामाबादबाट टीकट बुक गर्न सक्ने बताइएको छ । कम्पनीका अनुसार बस सेवा लन्च, ब्रेकफस्ट, डीनर सहित अत्याधिक सुविधायुक्त छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.