नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : गाेली लागेर एकको मृत्यु, पाँच घाइते

नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप : गाेली लागेर एकको मृत्यु, पाँच घाइते

मलंगवा : सर्लाही रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्। 

दुई सय बढी संख्यामा एकसाथ बिहान ७ बजे पुगेका नेकपाका कार्यकर्ताले कुटपिट गर्दै गोली चलाउँदा  वडा नम्बर ४ का वडा अध्यक्ष राम नरेश महतोका काका  ५५ वर्षीय राम बिलास महतोको घटनास्थलमै मृत्यु भएको हो। 

उनको मुख र पेटमा गोली लागेको  सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद वीरेन्द्र सिहले जानकारी दिए। 

घटनास्थलमा बिहानैदेखि तनाव छ। आक्रोशित भिडले शवलाई उठाउन दिएका छैनन्। नेकपाका कार्यकर्ताले घाइतेलाई लिन गाउँ पुगेका एम्बुलेन्समाथि समेत तोडफोड गरेका छन्। 

घाइते हुनेमा महदेव राय, विवेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारयण महतो, प्रेमनारायण महतो, मुकेशप्रसाद महतोलाई गोलीको छर्रा लागेको स्थानीय प्रेम सिंहले जानकारी दिए। 

घाइते लिन गएको एम्बुलेन्समा तोडफोड  गरेकाले घाइतेलाई उपचारमा लान समस्या भएको सांसद सिंहले बताए। आक्रोशित भिडले स्थानीय १० घरमा समेत तोडफोड गरेको छ।

सोमबार सोही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा उनको खुट्टा भाँचिएको थियो भने टाउकोमा गम्भीर चोट लागेको थियो। 

प्रहरीले घटनाको विषयमा अनुसन्धान भइरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालयका डीएसपी पुरुषोतम पाण्डेले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ। सत्यतथ्य सार्वजनिक गर्न समय लाग्छ।’ 

स्थानीयले भने ठूलो घटना भइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ नगरी संरक्षण गरेको आरोप लगाएका छन्।  प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.