प्रधानमन्त्रीलाई अस्पतालमा भेटेर बाबुरामले भने : ठट्टामजाक पनि गर्नुभो !

प्रधानमन्त्रीलाई अस्पतालमा भेटेर बाबुरामले भने : ठट्टामजाक पनि गर्नुभो !

काठमाडौं : सोमबार बिहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकले बताएका छन्। 

मंगलबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्। 

अस्पतालको भेटमा ओलीले आफूसँग ठट्टामजाक समेत गरेको बताउँदै बाबुरामले उनको हंसमुख देखेको उल्लेख गरे। उनले प्रधानमन्त्रीको हाँसोलाई लक्षित गर्दै ‘हाँस्नु नै उत्कृष्ट औषधि’ भएको बताइका छन्।

अस्पतालबाट फर्किएपछि बाबुरामले ट्विटरमा लेखेका छन्, ‘प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो ! अलिकति ठट्टामजाक पनि गर्नुभो  ! यसको अर्थ हामीले लगायौं उहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ। आखिर Laughter is the best medicineजो भनिन्छ ! उहाँको शीघ्र पूर्ण स्वास्थ्यलाभको कामना।’

महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरालेसमेत मंगलबार भेटेका छन्। 

भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए। 

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्रा डा अरुण सायमीले ओलीले बिहान खाजा आएर शुभेच्छुकसँग कुराकानी गरेको बताए।प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो। 

प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्यलाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति छ। 

प्रमलाई अस्पतालमा भेट्दा निकै हंसमुख देखिनुभो!अलिकति ठट्टामजाक पनि गर्नुभो!यसको अर्थ हामीले लगायौं-वहाँको स्वास्थ्य तन्दुरूस्त हुँदैछ! आखिर Laughter is the best medicine जो भनिन्छ! वहाँको शिघ्र पूर्ण स्वास्थ्यलाभको कामना! pic.twitter.com/nL3tzkHpld

— Baburam Bhattarai (@brb1954) October 30, 2018

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.