पोखरा प्रिमियर लिग : दबाबमा चितवन राइनोज
पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगितामा बुटवल ब्लास्ट र काठमाडौं रोयल्स दुई खेलमध्ये दुवै खेल जितेर चारचार अंकसहित शीर्ष स्थानमा छन् । पोखरा पल्टनले तीन खेलमा दुई खेल जितेर चार अंक नै जोडेको छ ।
धनगढीले दुई खेलमा एक खेल जितेर दुई अंक जोडेको छ । पारस खड्काको चितवन राइनोजले दुवै खेलमा पराजित भएको छ । सन्दीप लामिछानेको विराटनगर टाइटन्सले पनि तीन खेलमा तीनै खेलमा पराजय बेहोरेको छ ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबार कुनै खेल भएनन् । बुधबार पहिलो खेलमा चितवन राइनोज र धनगढीबीच खेल हुँदैछ । दुई खेलमा दुवै खेलमा जित निकालेको धनगढीसँगको खेल चितवन राइनोजका लागि जित्नैपर्ने दबाब छ ।
बुधबारको दोस्रो खेल विराटनगर टाइटान्स र बुटवल ब्लास्टबीच हुनेछ । लगातार तीन खेलमा नतिजा आफ्नो पक्षमा पार्न असफल विराटनगर टाइटन्सलाई पनि यो खेल जित्नै पर्ने दबाब छ । प्रतियोगितामै अहिलेसम्म उत्कृष्ट प्रदर्शन गर्दै दुई खेलमा दुवै खेल जितेर चार अंक जोडेको सोमपाल कामीको कप्तानीमा रहेको बुटवल ब्लास्टसँगको प्रतिपस्र्धामा विराटनगरलाई जित निकाल्न सहज हुने छैन ।