‘सरकार, अस्पताल र डाक्टर देऊ’

‘सरकार, अस्पताल र डाक्टर देऊ’

बनेपा  : काभ्रेको विकट डाँडापारी क्षेत्रका बासिन्दाको एकै माग छ, ‘सरकार, हामीलाई केही चाहिँदैन, डाक्टर सहितको अस्पताल बनाइदेऊ ।’ समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरू अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा छन् ।

अझै पनि सहजै सूचना, सञ्चार, शिक्षा, स्वास्थ्यको राम्रो पहँुच पुग्न नसकेका कारण अधिकांश सरकारी सेवाबाट वञ्चित छन् । ‘डाँडापारीमा साधारण उपचारको व्यवस्थासमेत नहुँंदा कयौंको अकालमै मृत्यु भएको छ’, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले भने, ‘वार्षिक दसजना भन्दा बढी समयमै उपचार नपाएर मर्ने गरेका छन् ।’ अधिकांश बालबालिका र वृद्धले अनाहकमा ज्यान गुमाउनु परेको छ भने झाडापखाला, दुर्घटना, सुत्केरी लगायतका कारण ज्यान गुमाएका छन् ।

केही दिन महाभारत गाउँपालिका २ का पाँच महिने शिशु झाडापखाला लागेर र सोही वडाका २५ वर्षीय साइला मोक्तान लडेर बढी रगत बगेपछि सदरमुकाम लैजानेक्रममा बाटो मै मृत्यु भएको उनले बताए ।

जिम्वाले गाउँमा सामान्य उपचारसमेत गर्न नसक्नु र सदरमुकामसम्म पुर्‍याउन दुई दिनसम्मको पैदल हिँड्नुपर्ने बाध्यता रहेको बताए । ‘समयमै उपचार नपाउँदा साधारण रोग र घाउचोटले समेत अकालमा ज्यान गुमाउनेको संख्या धेरै छ’, खानीखोला गाउँपालिका ३ की मिना तामाङले भनिन्, ‘केही समयअघि भीरबाट लडेर छोराको हातखुट्टा र टाउकोमा गम्भीर चोट लाग्यो, उपचार गर्न डोकोमा राखेर १३ घण्टा पैदल हिँडेर धुलिखेल अस्पताल पुर्‍यायौं ।’ उनका अनुसार, उपचार ढिलो भएकाले छोराको देब्रे खुट्टा काट्नु पर्‍यो । सहज सडक सञ्जाल र समयमै उपचार नपाएकै कारण छोराले पूरै जीवन अपांगता भएर बाँच्नु परेको उनले गुनासो पोखिन् ।

खानीखोला गाउँपालिका डाँडागाउँकी नानीमाया तामाङसँग सुत्केरी अवस्थामा समयमै उपचार नपाउँदा झन्डै अकालमै ज्यान गुमाएको अनुभव छ । ‘म त मरेर बाँचेको मान्छे विकट ठाउँ न स्वास्थ्य संस्था न मोटरबाटो व्यथा लागेको चार दिनमा जसोतसो बच्चा पाइयो’, उनले सुनाइन्, ‘व्यथा लागेको चार दिनपछि १६ घण्टा डोकोमा बोकेर अस्पताल पुर्‍याए, धन्य बाँचियो ।’ मिना र नानीमाया त प्रतिनिधि पात्रमात्र हुन् ।

समयमै उपचार नपाएर सयौं डाँडापारीवासीको मृत्यु र अपांग भएर बस्नु परेको छ । डाडाँपारिमा रहेका माहाभारतका अध्यक्ष जिम्बा र खानीखोला गाउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले केन्द्रीय सरकार र प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहलाई १५÷१५ शैयाको अस्पताल खोल्ने बताएपनि त्यस अनुसारको बजेट व्यवस्थापन नहुँदा अलमलमा परेको गुनासो गरे । ‘स्वास्थ्य चौकीमा अहेव र अनमीले साधारण सेवा दिईरहेपनि दुर्घटना र आकस्मिक विरामीले समय मै उपचार लिन सक्दैन ।’

महाभारतका गाउपालिकाका अध्यक्ष जिम्वा भन्छन् ‘हजारौ डाडापारी बासीको उपचारका लागि प्रयाप्त औषधी, पुर्वाधार, दक्ष जनशक्ति (एम.वि.वि एस र एमडी डाक्टर) र प्रविधि सहितको अस्पताल खाचो छ, जुन गाउपालिका बजेटले पुग्दैन केन्दीय सरकारले सहयोग गर्नुपर्छ ।’ माहाभारत र खानीखोला गाउपालिकामा स्वास्थ्य चौकी भएपनि दरबन्दी भन्दा कम स्वास्थ्यकर्मी भएका कारण साधारण उपचार पाउन समेत मुस्कील हुने गरेको स्थानीहरुको गुनासो छ ।

हुने खानेले हेलिकप्टरबाट लगेर उपचार गर्ने समेत गरेका भएपनि आर्थिक अवस्था कमजोर भएकाहरु दुई दिनसम्म पैदल हिड्नुपर्ने र डोकोमा विरामी बोक्नुपर्ने बाध्यतामा रहेका छन । गाउपालिका र केन्द्रीय सरकारको समन्यवमा उक्त क्षेत्रमा अस्पताल निर्माण भई डाक्टरको हातबाट उपचार पाएमा डाडापारीबासीहरुको अकालमा मर्नुपर्ने बाध्यता हट्ने छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.