भन्सार छलेर चोर बाटो हुँदै ल्याएका सामान बरामद

भन्सार छलेर चोर बाटो हुँदै ल्याएका सामान बरामद

धनगढी : भन्सार छलेर चोर बाटो हुँदै ल्याउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। मंगलबार राति २ बजे भन्सार छलेर ल्याउँदै गरेको करिब दुई लाख मूल्य बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

कैलालीको कैलारी गाउँपालिका हसुलियाबाट सामन बरामद गरिएको सशस्त्र प्रहरी गण नम्बर ३४ कैलालीका प्रमुख विष्णुप्रसाद भट्टले जानकारी दिए। विशेष सूचनाका आधारमा मोटर साइकलमा ल्याउँदै गरेको पटाका, फेन्सी तथा अन्य किराना सामग्री बरामद भएको हो।

नियमित चेकजाँचसँगै चाडबाडको मौका छोपेर हुन सक्ने तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी विशेष योजना बनाएरै सक्रिय रहेको सशस्त्र प्रहरी नायव उपरीक्षक भट्टले बताए।

‘तिहार नजिकिँदै गर्दा सिमानाबाट हुने चोरी तस्करीको विषयमा हामी निकै सजग छौँ,’ उपरीक्षक भट्टले भने, ’खुला सिमानाका कारण केही असहज भएपनि चोरी तस्करी नियन्त्रण गर्न लागेका छौँ।’ कैलालीमा खुल्ला सीमानाको फाइदा उठाउँदै चोर नाकाबाट विभिन्न सामग्री भित्रिने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.