आज भिटामिन 'ए' र जुकाको अौषधि खुवाइँदै

आज  भिटामिन 'ए' र जुकाको अौषधि खुवाइँदै

काठमाडौं : मुलुकभरी आज भिटामिन 'ए' खुवाउने कार्यक्रम सञ्चालन भएको छ। बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको छ।

भिटामिन 'ए' सँगै जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा पनि बालबालिकालाई उक्त अवसरमा वितरण गरिने छ। बालभिटा सुक्ष्म पोषक तत्वको अभाव पूरा गर्ने खाद्यपदार्थ हो। करिब एक लाख बालबालिकालाई खोप दिने लक्ष्य राखेको महानगरपालिकाले हरेक अभिभावकलाई पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन 'ए' कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ । 

कामपाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पाखुराको नाप लिइनेछ। सहरका बालबालिकामा असन्तुलित आहारका कारण कुपोषण देखिन थालेकाले औषधि खुवाउने क्रममा पाखुराको नाप लिइन थालेको श्रेष्ठको भनाइ छ। 

हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ। यस वर्ष महान् पर्व वडादसैं परेकाले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । 

देशभरका ७५३ स्थानीय तहमा एकै साथ यो कार्यक्रम सञ्चालन भएको छ। श्रेष्ठका अनुसार भिटामिन ए, क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करिब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ। कार्यक्रममा देशभर ३६ हजार बुथमा ६० हजार स्वयंसेविका÷स्वास्थ्यकर्मी जनशक्ति खटिएका छन्। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.