रणनीति बनाएर अघि बढ्न कांग्रेसलाई सुझाव

रणनीति बनाएर अघि बढ्न कांग्रेसलाई सुझाव

काठमाडौं : कांग्रेस निकट बुद्धजीवी तथा पेसाकर्मीले कांग्रेसलाई सरकारविरुद्ध रणनीतिसहित अघि बढ्न सुझाएका छन्। पार्टीको महासमिति भेलाको राजनीतिक प्रस्तावमा समेटिनुपर्ने विषय सन्दर्भमा कांग्रेस उपसभापति विमलेन्द्र निधिले बुधबार आयोजना गरेको छलफलमा बुद्धजीवीहरूले संघीयतामा मुलुक गएपछिको अवस्थामा कांग्रेसको आगामी कार्यदिशाबारे चर्चा गरेका छन्।

छलफलमा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले सरकार लोकतान्त्रिक मूल्यमान्यतालाई नै कमजोर बनाउन उद्यत देखिएको प्रतिक्रिया दिए। त्यसैले कांग्रेसले समीक्षा गरेर महासमितिमार्फत ठोस अवधारणा ल्याउनुपर्नेमा उनको जोड छ। केन्द्रीय सरकारले कानुन नबनाएर संघीयतालाई कमजोर पार्न उद्यत रहेको कांग्रेस सासंद तथा कानुनविद् राधेश्याम अधिकारीले बताए। त्यसैले महासमितिमार्फत आवाज उठाउनुपर्ने उनको भनाइ छ।

पूर्वप्रशासक डा. सोमलाल सुवेदी र बाबुराम आचार्यले सरकार प्रशासनिक संयन्त्रलाई समेत ध्वस्त बनाउन लागिपरेको आरोप लगाए। छलफलमा डा. स्वर्णिम वाग्ले, अच्युत वाग्ले, पोषराज पन्त, डा. विजन पन्त, राजु नेपाल, डा. प्रेमनारायण अर्याल, डा. सिद्धि श्रेष्ठ, बुद्धिमान श्रेष्ठलगायतकाले कांग्रेस महासमितिमा पेस गरिने राजनीतिक प्रतिवेदनबारे सुझाव दिएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.