असिनापानीले धानबाली क्षति

असिनापानीले धानबाली क्षति

गाईघाट : हावाहुरीसँगै परेको असिनापानीले धानबालीमा ठूलो क्षति पुगेको छ। आइतबार राति हावाहुरीसँगै परेको बेमौसमी असिनापानीले उदयपुरको १० हजार हेक्टरमा पाकेको धानबाली नष्ट भएको हो। कतिपय काटिसकेको र काटन बाँकी धानबालीमा असिना पर्दा धान छरिएर यत्रतत्र पुगेको रौतामाई गाउँपालिका ७ का किसान ताराबहादुर निरौलाले बताए।

उनले भने, ‘धान थन्क्याउन काटेर ढालिसकेका थियाैं, रातभरको असिनापानीले धानका दाना भुइँमा खाली बाला र पराल मात्र खेतमा छ।’ धान खेतमा देखाउँदै निरौलाले भने, ‘काटेर ढालेको यस्तो हालत छ, काटन नभ्याएको सबै हावाहुरीले ढालेर सोतर बनाएको छ, जसरी नि गरिब किसान मारमा।’

उदयपुरको तराई क्षेत्रका भू–भाव धानबालीका लागि योग्य मानिन्छन्। खासगरी सदरमुका गाईघाटको त्रियुगा नगरपालिकालगायत जिल्लाको पूर्वीक्षेत्र तपेश्वरी, हडिया, बेल्टार, बसाहा, सुन्दरपुर पश्चिमी क्षेत्र कटारी, त्रिवेणी, रिस्कु, उत्तरपश्चिमी क्षेत्र मुर्कुची, नेपालटार, भुट्टार धान खेतीका लागि उपयुक्त ठाउँ हुन्।

पानीमा चुर्लुमै डुबेको धानको पाजा देखाउँदै त्रिनपा १३ का किसान विभिषण चौधरी भन्छन्, ‘६ महिनाको कमाई दुई घण्टाको असिनापानीले सिध्यायो, अर्को ६ महिनाको ठेगान छैन, के गरी पालिनु। एकै छिनको खेलाले सकिन्छ, अर्को पटक फेरी नष्ट हुँदैन भनेर कसरी भन्न सकिन्छ, सरकारले किसानका लागि उचित प्याकेज ल्याओस्।’

समयमा पानी परेकाले अघिल्ला वर्षको तुलनामा धान खेती राम्रै भए पनि बेमौसमी असिनापानीले बालीनाली स्वाहा भएको किसानको भनाइ छ। धान राम्रो फले पनि भिœयाउन नपाएको उनले गुनासो गरे। असिनाले खेतमा पहेलपुर भएर नष्ट भएको धान देखेपछि किसान निरास बनेका छन्। मंसिरको पहिलो सातासम्म असिनापानी नपरेको भए धान भिœयाउन सकिने उनीहरूको भनाइ छ।

जिल्लाको १५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ। यसमध्ये यकीन तथ्यांक आइनसके पनि १० हजारभन्दा बढी क्षेत्रफलको धानखेतीमा क्षति पुगेको कृषि अनुसन्धान केन्द्र गाईघाटको अनुमान छ। धानखेती गरिने क्षेत्रमध्ये सदरमुकाम पूर्वमा सबैभन्दा बढी खेती गरिने कृषि अनुसन्धान केन्द्रका बाली विकास अधिकृत रामसेवक साहले बताए।

असिनापानीले धानसँगै हिउँदे तरकारीमा असर पारेको छ। सुन्दरपुरका किसान रामकुमार चौधरीले धानमात्र नभई आफ्नो बारीमा लगाएको तरकारी खेतीसमेत नष्ट गरेको बताए। ‘फल्नका लागि फुलेका सबै फूलहरु झारिदियो, बोटै लडे, यहाँभन्दा नोक्सानी के हुनु ? ’ उनले भने, ‘असिनाले बन्दा कोवी र फूल कोवीका डल्ला, टमाटर, काँक्रा छिया–छिया बनाएको छ, फुलेको टमाटर, खुर्सानी, काँक्राका फूलले बारी नै सेताम्य छ।’

जिल्लाको विभिन्न क्षेत्रको चार सय ४५ हेक्टर जमिनमा हिउँदे तरकारी खेती हुने गरेको छ। धान खेतीको विकल्पमा व्यावसायिक रूपमा तरकारी खेती लगाएर जीवन निर्वाह गर्दै आएका किसानले दोहोरो मर्कामा परेको गुनासो गरे। जोगिदहमा तरकारी खेती गर्दै आएका हरिनारायण चौधरी भन्छन्, ‘न धान छ, न तरकारी, कसरी जीवन निर्वाह गर्ने ? ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.