ओली सरकारकै कारण संघीयता धरापमा छ : नेता कोइराला

ओली सरकारकै कारण संघीयता धरापमा छ : नेता कोइराला

गाईघाट : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेतृत्वको अकर्मण्यता र सम्वादहिनताले पार्टी चरम गुटबन्दीमा फसेको बताएका छन् ।

नेपाल प्रेस युनियन उदयपुरले बिहीबार गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले सबै पंक्षलाई मिलाएर लैजाने समयमा पार्टी नेतृत्वले संम्वादका ढोका बन्द गर्दा र विवेक नपुर्याउँदा गुटबन्दी मौलाएको दावी गरे ।

उनले पार्टी नेतृत्वलाई फराकिलो दृष्टिकोणले सबैलाई समेट्न पनि आग्रह गरेका छन् । साथै नेतृत्व परिवर्तन नगरी कांग्रेस सुध्रन नसक्ने उनको दावी छ । कोइरालाले २०७६ साल फाल्गुण महिनाभित्र कुनै पनि हालतमा कांग्रेसले महाधिवेशन गर्न जरुरी रहेको जिकिर गरेका छन् । नत्र लोकतन्त्र र गणतन्त्र धरापमा पर्ने निश्चित भएको ठोकुवा गरेका छन् ।

यसबाहेक कांग्रेस केन्द्रीय सदस्य कोइरालाले वर्तमान सरकारप्रति कटाक्ष गर्दै दुईतिहाई बहुमतको ओली सरकार असफल भइसकेको दावी गरे । प्राकृतिक स्रोत व्यवस्थापन, बित्त आयोग, अन्तरप्रदेश परिषद् निर्माण, प्रदेशस्तरीय प्रहरी र प्रशासनको व्यवस्थापन लगायत काम सरकारले गर्न नसक्दा संघीयता नै असफल हुने अवस्था आउन लागेको औंल्याए ।

कोइरालाले भने, ‘वर्तमान सरकारका सबै तहबाट अराजकता बढेकाले संघीयता धरापमा परेको छ । नेपाल प्रहरीको संरचना संघीय सरकारको मातहतमा राखेर प्रदेश प्रहरी ऐन बनाउन नदिनु, प्रदेशमा प्रयाप्त कर्मचारी दिन र पठाउन नसक्नु, कर बढाउनु यो सरकारको ठूलो कमजोरी हो ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.