विप्लवको युवा संगठनको नाम परिवर्तन

विप्लवको युवा संगठनको नाम परिवर्तन

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले पार्टीको युवा संगठनको नाम फेरेको छ। योङ रेड फोर्सको नाम परिवर्तन गरी उसले ‘युवा संगठन नेपाल’ राख्ने निर्णय गरेको छ। 

काठमाडौंमै सम्पन्न योङ रेड फोर्सको राष्ट्रिय भेलाले संगठनको नाम परिवर्तन गर्ने निर्णय गरेको हो। उक्त संगठनमा पाटनको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय समिति पनि चयन गरेको छ। 

पार्टी स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वलीको प्रमुख आतिथ्यमा युवाको भेला भएको थियो। 

भेलाले भ्रष्टाचार, जनदमन, राष्ट्रघात, जनघात, चर्को मूल्यवृद्धि, करवृद्धि, गुण्डागर्दी र सामाजिक विकृतिविरुद्ध योजनाबद्ध संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको नवनियुक्त अध्यक्ष पाटनले जारी गरेको वक्तव्यमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.