राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्केकी छन्। 

कतारका राष्ट्रपति अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार त्यसतर्फ गएकी थिइन्। कतारमा रहँदा राष्ट्रपति भण्डारीले कतारका अमिर पत्नीलगायत कतारका उच्च सरकारी अधिकारीसँग आपसीहितका विषयमा छलफल गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयले राष्ट्रपतिको कतार भ्रमणले सम्बन्ध थप उचाइमा पुगेको दाबी गरेको छ। 

राष्ट्रपति फर्के लगत्तै उनीसँगै भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा संचारकर्मी समक्ष भ्रमणको सफलता सुनाए। 

राष्ट्रपतिले औपचारिक भेटघाटको साथै कतारमा रहेका नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्। भ्रमणका क्रममा उनले त्यहाँ रहेका नेपालीका समस्या पनि सुनिन्। कतारमा तीन लाख बढी नेपाली कार्यरत छन्। 

उनले कतारमा सिकेको सीप र यहाँको लगानी लगेर नेपाल बनाउने कार्यमा इँटा थप्न पर्ने बताइन्। सबैको सहकार्यमा मात्र नेपाल बन्ने धारणा उनले व्यक्त गर्दै मुलुकमा सरकारले लगानीको वातावरण बनाउदै लगेको सन्देश दिइन्।

उनले सबै नेपाली र कतारीलाई समेत ढुक्क भएर नेपालमा लगानी गर्न समेत आग्रह गरिन्। नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले अब सरकार विकास र निर्माणका लागि लगानीमैत्री कानुन र वातावरण बनिसकेको उनको भनाइ छ। 

‘विकास र समृद्धि’ को यात्रामा हातेमालो गर्न उनले आग्रह गरिन। कतारका अमिरसँगको वार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका क्षेत्रमा लामो छलफल भएको जानकारी दिंदै राष्ट्रपति भण्डारीले नेपाली श्रमिकको समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छन्। 

नेपाली समुदायलाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले कतार नेपालको विश्वासिलो मित्र रहेको र श्रम सम्बन्धले यसलाई थप प्रगाढ बनाएको बताए।

दुईपक्षीय विभिन्न सहमति र समझदारीले पनि सम्बन्धलाई अझ फराकिलो पारेको उनको धारणा छ। नेपाल सधै श्रमिक निर्यात गरेर रेमिट्यान्स भित्राएर विकसित हुन सक्दैन भन्दै उनले भने, ‘अब श्रम सीप सिकाएर सकभर स्वदेश मै रोजगारका अवसर सिर्जना गर्ने दिशामा सरकार अगाडि बढेको छ।’ गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्ने वातावरण बनाइदिन आग्रह गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.