सेमिफाइनलमै सकियो नेपालको यात्रा

सेमिफाइनलमै सकियो नेपालको यात्रा

काठमाडौं  : नेपाल यू–१५ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको छ । एन्फा मैदान सातदोबाटोमा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग ४–० गोलले पराजित भयो । आन्तरिक कलहका कारण तीन वर्ष विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानको यो प्रतिबन्ध फुकुवापछिको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उमेरसमूहको खेलमा उत्कृष्ट प्रदर्शन गरिरहेको पाकिस्तान यही प्रतियोगितामार्फत फुटबलमा खुसी फर्काउने अभियानमा देखिएको छ ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको नेपाल दोस्रो हाफको सुरुआतमै आत्मघाती गोलको सिकार भएको थियो । शारीरिक रूपले बलियो देखिएको पाकिस्तानले खेलको सुरुआतदेखि नै नेपालमाथि आक्रमण जारी राखेको थियो ।

५४औं मिनेटमा पाकिस्तानको प्रहारलाई रोक्ने क्रममा नेपालका जान लिम्बूको प्रहार आत्मघाती गोलमा परिणत भएपछि नेपाल दबाबमा देखिएको थियो । लगत्तै ६०औं मिनेटमा जान लिम्बूले पाकिस्तानका ओसामालाई डीबक्सभित्र फल हानेपछि पाकिस्तानले पेनाल्टीको मौका पाएको थियो । जान रातोकार्ड पाउँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको नेपाल थप कमजोर बन्यो । उक्त पेनाल्टीलाई पाकिस्तानका मोहिव उल्लाहले सदुपयोग गरे ।

पाकिस्तानले त्यसलगत्तै अर्को पेनाल्टीको मौका पायो । नेपालका रोजित परियारले पाकिस्तानका इफ्तिकहार अहमेदलाई डीबक्सभित्र लडाएपछि पाकिस्तानले दोस्रो पेनाल्टीको अवसर पाएको थियो । उक्त पेनाल्टी प्रहारमा मोहिब नै सफल बने । पाकिस्तानले ७७औं मिनेटमा चौथो गोल थपेको थियो । पाकिस्तानका मोइन अहमेदले उत्कृष्ट हेड गोल गर्दै टोलीको जित सहज बनाएका थिए । दोस्रो हाफमा कमजोर देखिएको नेपालले पहिलो हाफमा एउटा उत्कृष्ट अवसर खेर फालेको थियो । नेपालका मनग्य नकर्मी पोस्ट नजिक वान भर्सेस वानको अवस्थामा चुकेका थिए ।

फाइनलमा पाकिस्तानले बंगलादेशसँग खेल्नेछ । बिहीबार नै भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलमा सकिएपछि खेल सोझै टाइब्रेकरमा गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.