कांग्रेसको चियापान आज
काठमाडौं : कांग्रेसले दसै, तिहार र छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै छ। कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नेता चक्र बास्तोलाको निधनका कारण सरेको थियो।
कांग्रेसले जिल्लामा पनि शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम राखेको छ। काठमाडौं, ललितपुर र भक्तपुरका कांग्रेस नेताकार्यकर्ता भने केन्द्रीय पार्टी कार्यालयमै सहभागी हुनेछन। दिउँसो १ देखि साँझ ५ बजेसम्म पार्टी कार्यालय सानेपामा केन्द्रीय समितिको आयोजनामा कार्यक्रम हुँदै छ।