किम चाँडै दक्षिण कोरिया जाने

किम चाँडै दक्षिण कोरिया जाने

सोल : उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चाँडै सोलको भ्रमण गर्ने दक्षिण कोरियाली राष्ट्रपतिले बताएका छन्। सेप्टेम्बरमा किम र उनका समकक्षी मुन जे इनबीच प्योङयाङमा दोस्रो शिखरवार्ता भएको थियो। सो वार्तामा किमले दक्षिण कोरियाको भ्रमण गर्ने सहमति भएको थियो।

किमले यसैवर्ष दक्षिण कोरियाको भ्रमण गर्ने मुनले बताए। उनले कोरियाली प्रायःद्वीपको शान्तिप्रक्रिया ऐतिहासिक मोडमा पुगेको समेत बताए।

‘किमको रुस भ्रमण र चिनियाँ राष्ट्रपति सी जिनपिङको उत्तर कोरिया भ्रमण पनि चाँडै हुँदैछ,’ मुनले भने। उनले किम र जापानी प्रधानमन्त्री सिन्जो आबेबीच पनि भेट हुनसक्ने बताए।

यस वर्षको सुरुवातसँगै उत्तर र दक्षिण कोरियाबीचको शत्रुता समाप्त भएको थियो। यसबीचमा उत्तर कोरियाली नेता किमले मुनसँग दुई, सीसँग दुई र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एक पटक शिखरवार्ता गरिसकेका छन्।

सिंगापुरमा भएको किम–ट्रम्प शिखरवार्तामा कोरियाली युद्ध समाप्त गर्ने सहमति बनेको थियो। तर अझै पनि अमेरिका र उत्तर कोरियाबीच मतभेद बाँकी छन्। अमेरिकाले उत्तर कोरियामाथिका आर्थिक प्रतिबन्ध फुकुवा गरेको छैन। अमेरिकाले उत्तर कोरियमदे आणविक निःशस्त्रीकरणको भरपर्दो र विश्वसनीय आधार प्रस्तुत नगरेको भन्दै निरन्तर दबाब दिइआएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.