किन गर्ने ब्रेकअप? अनुसन्धान यसो भन्छ

किन गर्ने ब्रेकअप? अनुसन्धान यसो भन्छ

  • न्युजविक

एकअर्कामा खुसी हुन नसकेका विवाहित जोडी किन सँगै बस्छन् रु अध्ययनका अनुसार आफू नभई आफ्नो लाइफ पार्टनरले जिन्दगीमा केही गर्न सक्दैन भन्ने डर विवाहित जोडीमा हुन्छ।

अनुसन्धानकर्ताहरूले पाँच सय मान्छेमा अनुसन्धान गरेका थिए। दुई महिनासम्म गरिएको अनुसन्धान ब्रेकअप किन गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रित थियो। वेस्टर्न विश्वविद्यालय, ओन्टारियोकी साइकोलोजी प्रोफेसर सामन्था जोयलले न्युजविकसँग भनिन्, ‘जब आफ्नो पार्टनरसँग कुरा मिल्न छाड्छ, सम्बन्ध सुमधुर हुँदैन। अनि सम्बन्ध ब्रेकअपतिर अघि बढ्छ।’

त्यस्तै कहिलेकाहीँ मान्छेको स्वार्थले पनि सम्बन्ध अघि बढ्न नसक्ने जोयलले बताएकी थिइन्। व्यक्तिगत स्वार्थका कारण वैवाहिक सम्बन्धलाई महिला वा पुरुषले अघि बढाउन नचाहेको पनि अनुसन्धानका क्रममा भेटिएको थियो।

‘यस्ता अनुसन्धानले थेरापिस्टहरूलाई सहयोग गर्छ। त्यस्तै सम्बन्धलाई लिएर तनाव भोगिरहेकाहरूलाई पनि फाइदै पुग्ने अनुमान लगाएकी छु। सम्बन्धका बारेमा आउने ‘फिलिङ’ कसरी आए र यस्तो हुनु सामान्य भनेर बुझ्न पनि सहयोग पुग्छ’, उनले भनिन्।

यो अनुसन्धान जर्नल अफ ‘पर्सनालिटी एन्ड सोसल साइकोलोजी’मा प्रकाशित भएको थियो। अनुसन्धानदाताहरूले दुईवटा अध्ययन गरेका थिए। पहिलोपटक एक हजार तीन सय ४८ मान्छेमा अनुसन्धान गरिएको थियो। उनीहरूको रोमान्टिक रिलेसनसिपका बारेमा १० हप्ता लगाएर अध्ययन गरियो। दोस्रोपटक पाँच सय मानिसलाई अनुसन्धानमा समावेश गरिएको थियो।

वैवाहिक सम्बन्धमा रहेको आफ्नो पार्टनरसँग अलि बढी यौन चाहना हुने अनुसन्धानबाट थाहा पाइएको थियो। यो चाहना मान्छेको खुसीसँग पनि जोडिएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.