श्रील‌ंकाको प्रधानमन्त्री मै हुँ : विक्रमासिंघे

श्रील‌ंकाको प्रधानमन्त्री मै हुँ : विक्रमासिंघे

कोलम्बो : गतसाता श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए। तर रनिल विक्रमासिंघेले देशको प्रधानमन्त्ती अझै आफैँ भएको दाबी गरेका छन्। उनले प्रधानमन्त्रीको सरकारी निवासबाट बाहिरिन पनि अस्वीकार गरेका छन्। राष्ट्रपति सिरिसेनाले महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री बनाएपछि संसद निलम्बन गरेका थिए।

विक्रमासिंघेले यो कदम असंवैधानिक भएको बताउँदै आएका छन्।‘अझै पनि प्रधानमन्त्री मै हुँ,’ विक्रमासिंघेको भनाइ बीबीसीले उद्धृत गरेको छ। ‘संसदमा पनि बहुमत सदस्यको विश्वासको मत मलाई नै छ।’

उनले प्रधानमन्त्री निवास ‘टेम्पल ट्रीज्’ बाट आफू नबाहिरिने पनि बताए।राष्ट्रपतिले गरेको बर्खास्तीमा वैधानिकताको प्रश्न उठेसँगै श्रीलंकामा संवैधानिक संकट उत्पन्न भएको छ। पछिल्ला दिनमा हिंसाका केही घटना भएका छन्। राजधानी कोलम्बोमा दशौँ हजारले प्रदर्शन गरेका छन्।

यस्तो दबाब उत्पन्न भएपछि राष्ट्रपतिले संसदको निलम्बन फुकुवा गरेका छन्। उनले सोमबारका लागि संसद बैठक बोलाएका छन्। संसद चलेसँगै विक्रमासिंघे र राजापाक्षेबीचको शक्तिसंघर्ष सुल्झिने अपेक्षा गरिएको छ।बुधबार साँझ सिरिसेनाले सभामुखलाई भेटेका थिए। यद्यपि सोमबारको बैठकमा विश्वासको मत लिने–नलिने कुनै टुंगो लागेको छ।

श्रीलंकाको संकटलाई एसियाका दुई प्रतिस्पर्धी भारत र चीनले नजिकबाट नियालिरहेका छन्। दुवै देश श्रीलंकामा आफ्नो प्रभाव कायम गर्न चाहन्छन्। यो प्रतिस्पर्धामा कहिले चीनको हात माथिबाट पर्ने गरेको छ भने कहिले भारतको। विक्रमासिंघेलाई भारत पक्षधर नेता मानिन्छ भने राजापाक्षेलाई चीन। अमेरिकाले भने संसद चलाएर समाधान खोज्न आह्वान गरेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.