स्क्रब टाइफसको संक्रमण बढ्दो

स्क्रब टाइफसको संक्रमण बढ्दो

डडेलधुरा : सुदूरपश्चिमका पहाडी जिल्लामा स्क्रब टाइफस रोगको संक्रमण देखा पर्न थालेको छ। अजयमेरुमा पहिलो पटक उक्त रोगको संक्रमण देखा परेको थियो। ४१ दिनको अवधिमा १ सय ३० जनालाई जाँच गर्दा ५० जनामा स्क्रब टाइफस रोगको संक्रमण देखा परेको उपक्षेत्रीय अस्पताल डडेलधुराको तथ्यांक छ।

उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि दुई जनाको मृत्युसमेत भएको छ। मृत्यु हुनेमा अजयमेरुकी २२ वर्षीया सरस्वती भट्ट र बैतडीको पाटन नगरपालिका-२ सिलंगाकी नौ वर्षीया गंगा पन्त छन्।

भट्टको धनगढी र पन्तको नेपालगन्जमा उपचार क्रममा मृत्यु भएको उपक्षेत्रीय अस्पताल डडेलधुराका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. जितेन्द्र कँडेलले जानकारी दिए। स्क्रब टाइफस रोग लागेमा उच्च ज्वरो आउने, मांसपेसी दुख्ने, जिउमा रातो दाग देखा पर्ने, टाउको धेरै दुख्नेजस्ता लक्षण देखा पर्ने डा.कँडेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.