‘मलाई  भलाद्मी भएर बस्न भनियो’

‘मलाई  भलाद्मी भएर बस्न भनियो’

माई डेब्यू : लक्ष्मी गिरी, हास्य कलाकार


२०४७ सालमा रिलिज फिल्म ‘भुमरी’ मेरो पहिलो फिल्म हो। यो फिल्म पोखरामा सुट भएको थियो। दुई महिनामा फिल्मको सुटिङ सकिएको थियो। यस फिल्ममा मैले आमाको भूमिका गरेकी थिएँ। सिनेमा गर्नुअगाडि मैले थुप्रै टेलिसिरियलमा काम गरिसकेकी थिएँ। त्यहीँबाट निर्देशक चेतन कार्कीले सिनेमाका लागि अफर गर्नुभयो। 

फिल्ममा मिथिला शर्मा, अर्जुनजंग शाही र म मुख्य भूमिकामा थियौँ। अर्जुनजंगकी आमाको रूपमा पर्दामा देखिएकी थिएँ। मेरो एकदमै भावुक रोल थियो। परदेश गएको छोरोलाई सम्झेर फोटोमा टीका लगाएर रुनुपर्ने फिल्ममा मेरो पहिलो सिन थियो। जसमा मैले रुँदै ‘बाबु तिमी कहिले आउँछौँ। सबै जना आइसके मेरो चाहिँ छोरा नै आइपुगेन’ भन्ने डायलग कहिल्यै बिर्सिन्नँ। 

टेलिफिल्ममा क्यामेरासँग खेल्ने बानी बसिसकेको थियो। त्यसैले क्यामेरा फेस गर्न त्यति गाह्रो भएन। मेरा डायलग एक–दुई टेकमै ओके हुन्थे। फिल्म सुट गर्दाका अविष्मरणीय पल धेरै छन्। पटर–पटर बोलिरहनुपर्ने स्वभावकी थिएँ, म। निर्देशकले भलाद्मी भएर बस भन्नुहुन्थ्यो। 

फिल्ममा मैले सिम्पल मेकअप गरेकी थिएँ। अहिलेको जस्तो मेकअप कहाँ हुनु? सुटमा एकदमै अनुशासित भएर बस्नुपर्थ्यो। रिल धेरै जाने भएकाले ध्यान दिएर अभिनय गर्नुपथ्र्यो। फिल्म रिलिज भएपछि राम्रो प्रतिक्रिया पाएँ। यस फिल्मले नेपाली सिनेमामा मलाई आमाका रूपमा स्थापित गरिदियो। 

प्रस्तुतिः रचना श्रेष्ठ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.