सानेपामा काङ्ग्रेसको चियापान सुरु, एक लाखलाई निम्तो

सानेपामा काङ्ग्रेसको चियापान सुरु, एक लाखलाई निम्तो

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम पार्टी मुख्यालय सानेपामा सुरु भएको छ । 

चियापानमा सहभागी अतिथिलाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेताहरु विजयकुमार गच्छदारलगायतले स्वागत गरिरहेका छन् । 

हरेक वर्ष विजया दशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन आयोजना गरिँदै आएको चियापान यस वर्ष पार्टीका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको निधनको १३ औँ दिन नपुगेकाले आज गरिएको पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । 

विगत पाँच वर्षदेखि अस्वस्थ रहेका नेता बाँस्तोलाको गत असोज २७ गते निधन भएको थियो । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख व्यक्तित्वलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

शुक्रबारै केन्द्रीय कार्यालयसहित ७७ वटा जिल्लामा चियापान कार्यक्रम आयोजना गरिएको छ । चियापान दिउँसो १ देखि साँझ ५ बजेसम्म केन्द्रीय कार्यालय सानेपामा चल्नेछ । 

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ भारतबाट स्वदेश फर्केपछि विसं २०३५ देखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन काङ्ग्रेसले चियापान तथा जलपान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । 

कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्रिपरिषद्का सदस्य, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, पत्रकार, गैरआवासीय नेपाली सङ्घसंस्थाका प्रमुखलगायत विशिष्ट महानुभाव, काङ्ग्रेसका सदस्य एवं शुभेच्छुकको सहभागिता रहने पार्टी प्रवक्ता शर्माले बताए ।

काङ्ग्रेसले विसं २०७३ मा तत्कालीन पार्टी सभापति सुशील कोइरालाको निधनको वार्षिकी भएकाले र विसं २०७४ मा निर्वाचनका कारण चियापान कार्यक्रम आयोजना गर्न सकेको थिएन । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.