‘ट्रेड वार’को मारमा भारत पनि, ५० सामानमा अमेरिकाले कर लगायो

‘ट्रेड वार’को मारमा भारत पनि, ५० सामानमा अमेरिकाले कर लगायो

वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गर्दै ९० वटा नयाँ उत्पादनलाई ‘ड्यूटी फ्री’ बाट हटाइदिएका छन् । त्यसमध्ये ५० वटा भारतीय उत्पादन परेका छन् ।

उनको यस्तो निर्णयलाई ‘ट्रेड वार’लाई बढावा दिएको भनी ब्याख्या गरिएको छ । अमेरिकाको यस्तो फैसलासँगै अब भारतबाट अमेरिका निर्यात गरिने सामानमाथि कर लगाइने छ । यससँगै भारतलाई आफ्नै उत्पादन निर्यात गर्न कठिनाइ आउने देखिएको छ । जब कि, अमेरिकासँग भारतको द्धिपक्षीय कारोबारमा भारतलाई नै फाइदा पुगेकाे थियाे । जसकारण भारत आफ्नो व्यापार घाटा कम गर्दै आएको थियो ।

ड्यूटी फ्री को श्रेणीबाट हटाइएका अधिकांश भारतीय सामान कृषि क्षेत्रमा आधारित हुन् । अमेरिकाले यस्ता सामान लामो समयदेखि विश्व बजारबाट खरिद गर्दै ट्याक्स फ्री गर्दै आएको थियो ।

डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएदेखि नै यस्ता उत्पादनलाई ‘ट्याक्स फ्री’बाट हटाउँदै व्यापार घाटा कम गर्ने प्रतिवद्धता जाहेर गर्दैआएका थिए । भारत लगायत अन्य मुलुकले समेत ट्रम्प प्रशासनको यस्तो अभिव्यक्तिमा विरोध जनाउँदै आएका थिए । यसअघि अमेरिका निर्यात गर्ने ड्यूटी फ्री सामान सबैभन्दा बढी भारतले नै गर्ने भएकाले पनि अमेरिकाको यस्तो फैसलाको असर भारतलाई नै पर्ने देखिएको छ ।

भारत लगायत अन्य थुप्रै मुलुकका उत्पादनमा बढावा दिन भन्दै अमेरिकाले लामो समयदेखि ड्यूटी फ्री श्रेणीमा राखी खरिद गर्दै आएको थियो । चीनसँग अमेरिकाको ट्रेड वारले चर्को रुप लिन थालेपछि अमेरिकाले नयाँ फैसला गरेको हो ।

सन् २०१७ मा मात्रै भारतले ५ दशमलब ६ बिलियन डलर मुल्य भन्दा बढीको ड्यूटी फ्री सामान निर्यात गरेको थियो । अब अमेरिकाले निर्णय परिवर्तन गरेसँगै भारतका साना तथा मध्यम स्तरका उद्योगलाई बढी नोक्सान पर्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.