डोल्पाका तीन सम्पदा नयाँ पर्यटकीय गन्तव्यमा

डोल्पाका तीन सम्पदा नयाँ पर्यटकीय गन्तव्यमा

डोल्पा : सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजानिक गरेको छ। उक्त सूचीमा डोल्पाका तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका छन्। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा-फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक,पुरातात्विक,ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा देशभरबाट नयाँ एक सय पर्यटकीय गन्तव्य छनोट गरेको थियो। उक्त १०० वटा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका हुन्। 

नेपालकै ठूलो निकुञ्जको रुपमा रहेको शे -फोक्सुन्डो राष्ट्रिय निकुञ्ज प्राकृतिक,धार्मिक,साँस्कृतिक,ऐतिहासिक तथा जैविक विविधताले भरिपूर्ण सुन्दर गन्तव्यको रुपमा परिचित छ। यहाँ हरेक वर्ष हजारौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भ्रमणमा आउने गर्दछन्।

देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरु रहेको शे-गुम्बा, विश्वको सबैभन्दा अग्लो मानवबस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन्।अर्को गन्तव्यको रुपमा हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र त्रिपुरा सुन्दरी मन्दिर सूचिकृत भएको छ।

यो मन्दिर ईस १११४ सालमा निर्माण भएको इतिहासमा उल्लेख छ। यहाँ वर्षमा हजारौं हजार आन्तरिक तथा बाह्य धार्मिक पर्यटक समेतले दर्शनका लागि आउने गरेका छन्। मन्दिर जन्माउने मन्दिरको रुपमा परिचित नेपालकै प्रशिद्ध शक्तिपीठ मध्येभित्र पर्ने यस मन्दिर पछिल्लो समयमा धार्मिक पर्यटनको प्रमुख गन्तव्य बन्न सफल भएको छ।

शे-गुम्बा, संसारकै अग्लो मानवबस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दजर्नौ चर्चित पर्यटकीय सम्पदाका साथै ५ हजारभन्दा अग्ला दर्जनौ हिमाल पनि  डोल्पामा पर्दछन्। सरकारले १०० वटा नया पर्यटकीय गन्तव्य सार्वजानिक गरेसँगै अब डोल्पामा पर्यटक धेरै भित्रने अनुमान पर्यटन व्यवसायिक निमा गुरुङको छ।

उनले भने, 'यो पर्यटन व्यवसायिका लागि खुसीको कुरा हो, तर  यतिले मात्रै हुँदैन, अझैं पर्यटन प्रर्बद्धनका लागि सरकारले डोल्पालाइ विशेष प्राथमिकतामा राख्नुपर्दछ। डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको संख्या बढी छ।सरकारले स्थापित तथा प्रवद्धर्न गर्नुपर्ने र नयाँ विकास गर्न आवश्यक भएको भन्दै देशभरबाट दुईसय नयाँ र पुराना गन्तव्य पहिचान गरिएकोमा नयाँ गन्तव्य मात्रै १०० रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.