कांग्रेस चियापानको भिडभाड (फोटो फिचर)
काठमाडौं : शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दसैं, तिहार र छठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा नेताहरुले राजनीतिक सहकार्यमा जोड दिएका छन्। पार्टी कार्यलय सानेपामा आयोजना गरिएको चियापान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्तासँगै सतारुढ दल नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनता पार्टीसहित विभिन्न राजनीतिक दलका नेतासहित अन्य क्षेत्रका व्यक्तिको उपस्थिति थियो।
कार्यक्रममा पुगेका सतारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संचारकर्मीसँग कुरा गर्दै राजनीतिक मेलमिलाप र एकताको पुन खाँचो देखिएको औंल्याए।
दाहालले भने, ‘कांग्रेस, नेकपासहित अन्य दल मिलेरै संविधान बनाएका छन्, कार्यन्वयनका लागि पनि एक हुनु पर्ने अवस्था छ।’ चियापानमा सत्तारुढ दलका अधिकांश नेता सहभागी भए भने कांग्रेसका नेता तथा कार्यकर्तामो भिड लागेको थियो।
तस्बिर : अशोक दुलाल