मेलौलीलाई उपाधि

मेलौलीलाई उपाधि

बैतडी : बैतडीको देहीमाडौंमा सम्पन्न निंगलासैनी प्रिमियर लिग क्रिकेटको उपाधि मेलौली नगरपालिकाले जितेको छ। शुक्रबार भएको फाइनलमा पाटन नगरपालिकालाई ४९ रनले पराजित गर्दै मेलौलीले उपाधि जितेको हो। उपाधिसँगै मेलौलीले एक लाख ११ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो।

 यस्तै उपविजेता पाटन नगरपालिकाले ५५ हजार पाँच ५५ रुपैयाँमा चित्त बुझायो। टस जितेर ब्याटिङ गरेको मेलौलीले १६.५ ओभरमा अलआउट हुँदै  १३७ रन बनाएको थियो। मेलौलीका मुकुन्द क्षत्रीले २५ र कमल क्षत्रीले २४ रन बनाए। पाटनका सुभास विष्ट, दीपक विष्ट र धीरेन्द्र चन्दले दुईदुई विकेट लिए।

एक सय ३८ रनको विजयी लक्ष्य पछ्याएको पाटन १५.३ ओभरमा ८८ रनमै समेटियो। पाटनका धीरेन्द्र चन्दले १९ र मदन चन्दले १५ रन बनाए। पाटनलाई कम योगफलमै समेट्न मेलौलीका जयराम भट्टले तीन विकेट लिए। यस्तै कृष्णदेव भट्ट र वीरेन्द्र विष्टले दुईदुई विकेट हात पारे। मेलौलीका जयराम भट्ट म्यान अफ दी म्याच घोषित भए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.