सन्दीपको टिमले पारसको टिमलाई दियो १४६ रनको चुनौती

सन्दीपको टिमले पारसको टिमलाई दियो १४६ रनको चुनौती

पोखरा : पोखरा प्रिमियर लिग अन्तर्गत शनिबारको दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजलाई १४६ रनको चुनौती दिएको छ। 

टस जितेर पहिलो ब्याटिङ गरेको विराटनगरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय ४५ रन बनाएको हो। 

विराटनगरका लागि पाकिस्तानी खेलाडी मुहम्मद जेइद आलमले अर्धसतक बनाए। उनले ६ चौका र दुई छक्काको मद्दतमा ४७ बलमा ५१ रन जोडे। त्यसैगरी सुनिल धमलाले ४७ रन बनाए भने प्रदिपसिंह ऐरी र पुष्प थापाले ११–११ रन मात्र जोडे। 

चितवनका लागि कप्तान पारस खड्का र स्मित पटेलले दुईदुई विकेट लिए भने करण केसीले एक विकेट लिए। 

अहिले चितवनले विराटनगरले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याइरहेको छ। चार ओभरको समाप्तिमा चितवनले दुई विकेटको क्षतिमा २८ रन बनाएको छ। चितवनका कप्तान पारस खड्का र हरिशंकर शाह आउट भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.