भैरहवा विमानस्थल पर्यटन विकासको आधार : प्रचण्ड

भैरहवा विमानस्थल पर्यटन विकासको आधार : प्रचण्ड

भैरहवा : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको शनिबार स्थलगत अवलोकन गरेका छन्।

नेकपाले बुटवलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनले विमानस्थल अवलोकनपछि आयोजना र ठेकेदार पक्षसँगको छलफलमा विमानस्थलबारे जानकारी लिएका हुन्।

‘विमानस्थल लुम्बिनी क्षेत्रको मात्रै नभई समग्र राष्ट्रको नै पर्यटन विकास र समृद्धिको आधार हो’, उनले भने, ‘अब तोकिएकै समयमा निर्माण सम्पन्न गर्न बिलम्ब गर्नु हुँदैन।’

उनले समयक्रम सँगै लुम्बिनीको महत्व विश्वमा बढ्दै गएको बताउँदै त्यससँगै विमानस्थलको पनि महत्व बढ्ने बताए। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले मुलुकमा सञ्चालित ठूला आयोजनामा आन्तरिक कलह हुने, समयमै काम नहुने र गुणस्तर पनि नहुने गरेको बताउँदै त्यसतर्फ सचेत रहन आयोजनालाई आग्रह गरे।

ठूला आयोजना विभिन्न कारणले अवरोध हुनेक्रम हामी कहाँ छ, अब अलमल गर्नुहुँदैन उनले भने, ‘गुणस्तर कायम गर्दै विकासमा सबै एकजुट हुन आवश्यक छ।’

अध्यक्ष दाहालले पूर्वाधार भनेका समृद्धका आधार भएको बताउँदै धेरै आयोजनामा छिमेकी मित्रराष्ट्रको सहयोग भइरहेको बताए। फरक प्रसंगमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणपछि भारत र चीनसँग नेपालको सम्बन्ध सुमधुर र थप उचाइमा पुगेको दाबी गरे।

‘दुबै देशसँग सम्बन्ध अत्यन्तै प्रगाढ छ, अब छिमेकीसँग सहकार्य गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्छ’, उनले भने, ‘भारत र चीनको विकासबाट नेपालले सिकेर अघि बढ्न आवश्यक छ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमले पछिल्लो समय विमानस्थल निर्माणले राम्रो गति लिएको बताए।

आयोजनाकाबारे बिफ्रिङ गर्दै उनले अहिलेसम्म ५५ प्रतिशत काम सकिएको र धेरै काम अन्तिम चरणमा पुगेकाले बाँकी काम पनि समयमै सम्पन्न हुने दाबी गरे।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.