संघीयता नमान्ने कर्मचारी फाल्नुपर्छ : प्रचण्ड

संघीयता नमान्ने कर्मचारी फाल्नुपर्छ : प्रचण्ड

बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कम्युनिस्ट पार्टीको बहुमत सरकार कसैले दया गरेर नबनेको बताएका छन्। १४ वर्षको कठोर कारबास र १४ वर्षकै वनबासको क्रान्तिबाट अहिलेको सफलता हाल मिलेको उनको दाबी छ।

चाडपर्वको अवसरमा नेकपा रुपन्देहीले बुटवलमा शनिबार गरेको शुभकामना सभामा बोल्दै दाहालले दुई कम्युनिस्टको एकताबाट समृद्ध मुलुक निर्माण गर्ने राजनीतिक पूर्वाधार बनेको बताए। प्रतिक्रियावादीको अवरोध गर्ने षडयन्त्रकाबीच भएको पार्टी एकता कुनै दयामायामा यहासम्म नपुगेको उनको भनाइ छ।

‘ओलीजीले कठोर १४ वर्ष जेल सहनुभयो, मैले १४ वर्षजति नै भूमिगत जीवन बिताएँ, यो परिवर्तन र उपलब्धि त्यसैको उपज हो’, उनलेभ ने, ‘कुनै साम्राज्यवादी र प्रतिक्रियावादीको दायामाया होइन।’

कम्युनिस्ट पार्टीको एकता विश्वकै लागि ऐतिहासिक कणी भएको भन्दै उनले पार्टी एकता हुदैन भन्नेलाई झट्का लागेको बताए। पार्टी एकतापछि सरकार असफल हुन्छ भन्ने प्रतिक्रियावादीको मनोविज्ञान फेल गराउदै सरकारले अब रफ्तार लिने उनले दाबी गरे। 

‘बर्खाको हिलोमा गाडी एक गियरमै चल्छ, अब मौसम फेरिएको छ, सरकारले २, ४ गियरमा मात्रै होइन, उडान नै भर्ने छ, यसमा विश्वस्त हुनुस्’, उनले भने। कानुन निर्माणका महत्वपूर्ण काम भने सरकारले गरिरहेको त्यो जनतामा नदेखिएको उनको भनाइ छ।

अध्यक्ष दाहालले पार्टी एकताको प्रक्रिया तत्कालै अघि बढ्ने जिकिर गरेका छन्। पार्टीभित्र विवाद हुन  नदिनका लागि एकतामा ढिलाई गरिएको भन्दै उनले तल्लो तहसमम्को एकता केही दिनभित्रै टुंगिने बताए।
 
पार्टी एकता र सरकार सञ्चालन तथा संघीयता कार्यान्वयन एक साथ अघि बढ्ने उनले बताए। संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रले अटेरी देखाइरहेको भन्दै अध्यक्ष दाहालले त्यस्ता कर्मचारीलाई फाल्न समेत तयार हुनुपर्ने बताए। ‘राजनीतितन्त्रमा संघीयता आयो, कर्मचारीमा अझै अटेरीछ। तिनीहरुलाई सम्झाउने बुझाउने हो, नबुझेर पछि नै फर्किन चाहानेलाई फाल्न समेत पछि पर्नुहुदैन’, दाहालले भने।

अध्यक्ष दाहालले प्रदेश नम्बर ५ विकासको रोलमोडल भएको र संघीय सरकारलाई उछिनेर कुनै कानुन निर्माण नगर्ने विश्वास गरे। प्रदेश २ ले जस्तो ओभरटेक गर्ने काम प्रदेश ५ का मुख्यमन्त्रीबाट नहुने उनले विश्वास व्यक्त गरे। 

अध्यक्ष दाहालले आफ्नो बाँकी १० वर्षे राजनीति राष्ट्र निर्माणमा खर्चिने उद्घोष गरेका छन्। 

सभालाई सम्बोधन गर्दै नेकपाका महासचिव विष्णु पौडेलले समृद्ध देश निर्माणका लागि दुई पार्टीको एकता भएको बताए। उनले नेकपाले देशलाई विश्वका विकसित मुलुकका दाजोमा पुराउन नेतृत्व गरेर अघि बढेको बताए।

त्यस्तै  प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टी एकता हुदैन भन्ने अविश्वासलाई साकार गरेजस्तै संघीयता कार्यान्वयन र समृद्ध मुलुक निर्माण गर्ने काम समेत भएर छाड्ने बताए। व्यवस्था परिवर्तनको चरण भएकाले केही समय अलमलजस्तो देखिए पनि मुलुक विकासमा अघि बढेको उनले बताए।

शुभकामना सभामा नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, चक्रपाणी खनाल, नेकपा प्रदेश ५ अध्यक्ष ओनसरी घर्ती, नेकपा रुपन्देही कार्यदल सदस्य शिवराज सुवेदी लगायतले बोल्दै पार्टी एकताले मुलुक समृद्ध बन्ने बाटोमा हिँडेको सन्देश दिन सबैलाई आग्रह गरे। बुटवल मण्डपमा भएको सभामा रुपन्देही सहित आसपासका जिल्लाका सयौं कार्यकर्ताको सहभागिता थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.