सर्लाहीमा कांग्रेसको मसाल जुलुस

सर्लाहीमा कांग्रेसको मसाल जुलुस

मलंगवा : सर्लाहीको रामनगर गाउँपालिका-४ मा मंगलबार नेकपा र काग्रेस कार्यकर्ताबीच भएको झडपमा गोली लागेर मृत्यु भएका रामविलास महतोको हत्यारालाई पक्राउ नगरेको भन्दै कांग्रेस जिल्ला कार्यसमिति सर्लाही आन्दोलित भएको छ। 

आन्दोलनको पहिलो दिन जिल्लाका २० ओटै स्थानीय तहमा मसाल जुलुस प्रर्दशन भएको छ।

मलङ्गवास्थित पार्टी कार्यालयमा बसेको जिल्ला कार्य समितिको बैठकले गोलीकाण्डको घटनामा पार्टीले राखेका चार मागमध्ये कुनैपनि माग सम्बोधन नभएपछि आफूलाई बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कांग्रेसले जनाएको छ।

कांगे्रसले मृतक महतोलाई सहीद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई उचित राहतको व्यवस्था गर्नुपर्ने, गोलीको छर्रा लागेर घाइते भएकाको सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र घटनामा संलग्नलाई तत्काल पक्राउगरी कानुनी कारबाही गर्नुपर्ने माग राखेको छन्। माग पूरा नभएपछि ५ दिनदेखि महतोको शव पोस्टमार्टम गरी अझैपनि जिल्ला अस्पताल मलंगवामै रािखएको छ। 

माग पूरा गराउन स्थानीय प्रशासनले कुनै पहल नगरेपछि आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको कांगे्रसका सर्लाही सभापति नागेन्द्रकुमार रायले बताए। ‘हामी पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छौं। पहिलो चरणको आन्दोलनपछि पनि माग पूरा भएन भने कठोर आन्दोलन गछौं’, सभापति रायले भने।

नेकपा सर्लाहीले भने घटनामा आफ्ना कार्यकर्ताको संलग्नता नरहेको दाबी गरिरहेको छ। नेकपाले बिहीबार नै एक पे्रस विज्ञप्ति प्रकाशित गरी कांगे्रसले आरोप लगाएजस्तो घटना हुनुमा आफ्ना नेता कार्यकर्ताको संलग्नता नरहेको दाबीगर्दै घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरेको थियो।  

कात्तिक १२ गते सोमबार कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष रामनरेश महतोलाई कुटपिट गरेपछि त्यसको भोलिपल्ट मंगलबार झडप भएको थियो। झडपमा गोली चल्दा रामविलास महतोको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.