इन्डियन रेड आर्मीलाई पराजित गर्दै मनाङले उचाल्याे गभर्नस गोल्डकपको उपाधि
काठमाडौं : गभर्नस गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सिग्नेचर मनाङ मस्र्याङ्दी क्लबले जितेको छ।
भारतको सिक्किमस्थित पाल्जोर रंगशालामा शनिबार भएको फाइनलमा मनाङले इन्डियन रेड आर्मीलाई १-० गोलले हराउँदै उपाधि चुमेको हो। मनाङको जितमा सुजल श्रेष्ठ नायक बने। सुजलले ८१औं मिनेटमा गोल गरे। यसअघि मनाङले सेमिफाइनलमा कोलकाता एटिकेलाई ६-२ गोलले हराएको थियो।
सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको मनाङले क्वार्टरफाइनलमा कोलकाता कस्टम्सलाई ४-२ गोलले पराजित गरेको थियो। नेपालको घरेलु फुटबल दशैं र तिहारका कारण रोकिएकाले मनाङले गभर्नस गोल्डकप खेलेको हो।
गोल्डकपमा सहभागी नेपालको एपीएफ क्लब पहिलो खेलबाटै बाहिरिएको थियो।