सांसदलाई ल्यापटप दिइँदै

सांसदलाई ल्यापटप दिइँदै

जनकपुरधाम : प्रदेशसभा सचिवालयले प्रदेश २ का सांसदलाई ल्यापटप दिने भएको छ। १ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने डेल कम्पनीको अत्याधुनिक मोडेलको ल्यापटप उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ। यसबाट प्रदेशको कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको भार पर्नेछ।

सचिवालयसँग कार्यालय प्रयोजनका लागि विद्युतीय उपकरण शीर्षकमा करिब २ करोड उपलब्ध रहेकाले ल्यापटप खरिद प्रक्रिया अघि बढाइने सचिवालयका उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन्। उनले भने, ‘केही कर्मचारीहका लागि पनि ल्यापटप खरिद गर्ने छौं।’ छिट्टै टेन्डर आह्वान गरिने उनले बताए। सांसदलाई ल्यापटप दिएपछि प्रदेशसभा कागजविहीन बन्नेछ। यसबाट प्रदेशसभाको कामकाज छिटो छरितो हुने सचिवालयको अपेक्षा छ तर अधिकांश सांसद आधुनिक सञ्चार प्रविधिसँग अनभिज्ञ छन्।

१ सय ७ जना सांसदलाई सवा लाख रुपैयाँ पर्ने ल्यापटप दिँदा प्रदेश कोषमा १ करोड ३३ लाख ७५ हजार रुपैयाँभन्दा बढीको भार पर्नेछ।

ल्यापटप छान्न कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपा एमालेका सांसद सत्रुघ्न महतो र उपसचिव यादवसहित ३ सदस्यीय समिति बनाइएको थियो। समितिले काठमाडौं गएर अनेकौं मोडलका ल्यापटप हेरेपछि डेलको ल्यापटप किन्न सचिवालयलाई सुझाव दिएको समिति सदस्य रामसरोजले बताए। ‘हामीले एप्पल कम्पनीको ल्यापटप पनि हेर्‍यौं तर सबैले चलाउन सहज नहुने हुँदा डेलकै खरिद गर्न सुझाव दिएका छौं’, उनले भने, ‘हामीले छनोट गरेको ल्यापटपमा ४ वर्षको वारेन्टीसमेत भएकाले सदनको यो कार्यकालभरि पुग्नेछ।’

प्रदेशसभा सदस्यले मासिक ५२ हजार ६ सय रुपैयाँ पारि श्रमिक पाइरहेका छन्। बैठकभत्ताबापत १ हजार, सञ्चार सुविधाबापत प्रतिमहिना ३ हजार, आवास सुविधाबापत १५ हजार, ५ वर्षको फर्निचरबापत एकमुष्ठ ५० हजार, निजी सचिवालयका लागि २ हजार प्रतिमहिना, बिजुलीधाराबापत २ हजार र स्वदेशमा दैनिक भ्रमण भत्ताबापत २ हजार ५ सय रुपैयाँ उनीहरूले पाउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.