सिन्धुपाल्चोकमा ५३ हजार घर निर्माण

सिन्धुपाल्चोकमा ५३ हजार घर निर्माण

चौतारा : भूकम्पले घरबारविहीन भएका सिन्धुपाल्चोकका ५३ हजार प्रभावितले नयाँ घरमा तिहार मनाउने भएका छन्। सरकारी तथ्यांकअनुसार कूल लाभग्राहीमध्ये झण्डै ६१ प्रतिशत सर्वसाधारणले भूकम्पपछि आवास पुनर्निर्माण सकेकाले नयाँ घरमा तिहार मनाउन लागेका हुन्।

पुनर्निर्माण प्राधिकरणले जिल्लामा सूचीकृत गरेका ८७ हजार एक लाभग्राहीमध्ये मंगलबारसम्म ५३ हजारले घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिइसकेको प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जिमाली) का निमित्त आयोजना व्यवस्थापक भरतकुमार थापाले जानकारी दिए। ‘५३ हजारभन्दा बढी घर बनेका छन् तर प्राविधिक कारणले केही सूचीकृत हुन बाँकी छन्’, उनले भने, ‘तेस्रो किस्ता लिएका सबै प्रभावितका घर तिहार मान्न सक्ने गरी तयार छन्।’

 ५३ हजार निजी आवास प्राधिकरण र केही अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा बनेका हुन्। जिमालीबाट तेस्रो किस्ता अनुदान लानेको संख्या ४९ हजार पाँच सय ४२ छ। जिल्लामा सेभ द चिल्ड्रेन, हेल्भेटास, लुथ्रन वल्र्ड फेडेरेसन, रेडक्रस र कारितासले अनुदान सहयोग गरेका हुन्।

प्राधिकरणले सूचीकृत गरेका मध्ये ८४ हजार सात सय ८७ जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ लिएका छन्। जिमालीमार्फत ७० हजार तीन सय आठ र संघसंस्थाबाट चार हजार सात सय ३३ गरी ७५ हजार ४१ जनाले दोस्रो किस्ता लिइसकेका छन्। दोस्रो किस्ता लिनेको घर निर्माण पनि अन्तिम चरणमा रहेको थापाले बताए। प्राधिकरणको निर्देशक समितिले २०७६ असार मसान्तभित्र घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिइसक्न निर्देशन दिएको थियो। दोहोरो सुविधा लिएका र घर पुनर्निर्माण नगर्नेलाई पहिलो किस्ता अनुदान फिर्ता गर्न पनि सूचित गरिएको छ।

‘प्राधिकरणको निर्णयअनुसार दोहोरो सुविधा लिएका र समयमा पुनर्निर्माण सुरु नगर्नेलाई पहिलो किस्ता अनुदान फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेका छौं’, थापाले भने, ‘अपेक्षित उपलब्धी हासिल भए पनि केही अटेर गर्ने र घर आवश्यक नभई अनुदान सम्झौता गर्नेका कारण लक्ष्यमा पुग्न समस्या पर्न सक्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.