मन्त्री सोनलको दाबी : छठपछि ओली नेतृत्वको सरकार ढल्छ

मन्त्री सोनलको दाबी : छठपछि ओली नेतृत्वको सरकार ढल्छ

वीरगन्ज : प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकार धरापमा परेको बताएका छन् । शुक्रबार बारामा आयोजित एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता मधवकुमार नेपालले छठ लगत्तै प्रदेश २ मा नेकपाको नेतृत्वमा सरकार गठन हुने बताएका थिए । 

नेता नेपालको उक्त अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै मन्त्री सोनलले छठलगत्तै प्रदेश २ को सरकार नभइ संघीय सरकार नै ढल्ने दाबी गरेका हुन् ।

‘छठपछि प्रदेश २ को होइन, केन्द्रको सकार ढल्ने प्रबल सम्भावना छ’, बाराको विश्रामपुर गाँउपालिकाको बलिरामपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा राजपाका महामन्त्रीसमेत रहेका मन्त्री सोनलले भने, ‘प्रदेश २ को सरकार यो एउटा छठ होइन अर्को चार वटा छठसम्म टसमस हुँदैन ।'

संघीय सरकारको नेतृत्व गरिरहेको नकेपाका नेताबीच आफैँमा प्रधानमन्त्री र मन्त्री बन्ने विषयलाई लिएर रडाको चलिरहेको सोनलले बताए । ‘नेकपाका नेताबीच सधैँ मारपिट हुने अवस्था छ, सरकार र जनताबीचको सम्पर्क टुटिसकेको छ’, उनले भने, ‘त्यसैले काठमाडौँको सरकार कुन दिन ढल्छ ठेगान छैन ।’ 

नेकपाका नेता नेपाललाई लक्षित गर्दै सोनलले भने, ‘प्रदेश २ को सरकार बदल्ने चिन्ता छोड्नुस्, काठमाडौँको आफनो सरकार बचाउन तिर लाग्नुस् ।’ 

विकास निर्माणको काम गर्न छाडेर संघीय सरकारका मन्त्री पार्टी कार्यालय उद्घाटनमा हेलिकप्टर चढेर जाने गरेको उनले बताए । ‘यदि जनताको चाहना अनुसार काम गर्न सक्दैनौ भने प्रदेश सरकारलाई नै अधिकार देऊ, प्रदेश सरकारले सबै काम गरेर देश चलाइदिन्छ ।’ 

संघविधान संशोधनको मुद्दा राजपाले नछाडेको मन्त्री सोनलले बताए । ‘जबसम्म संविधान संशोधन हुँदैन, तब सम्म हाम्रो संघर्ष चलिरहन्छ’, उनले भने । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.