जनकपुर गेस्ट हाउसमा भारतीय नागरिक मृत भेटिए
जनकपुरधाम : जनकपुरको मिल्स एरियास्थित मिथिला गेस्ट हाउसमा एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । भारत विहार राज्यको मुजफ्फरपुर बेलाहीका अन्दाजी ६५ वर्षीय जितेन्द्र यादव मृत फेला परेको प्रहरीले बताएको छ।
मृतक यादव दुई अघिदेखि होटलमा बसिरहेका थिए। आइतबार बिहान ढिलोसम्म नउठेपछि हेर्न जाँदा मृत अवस्थामा फेला परेको होटल संचालक लालबाबु ठाकुरले बताए।
यादव मृत फेला परेपछि प्रहरीलाई खबर गरेको उनले भने।होटलका अनुसार यादव यही कात्तिक १५ गते जनकपुर आएको खुलेको छ। तर उनी किन जनकपुर आएका थिए भन्ने कुरा खुलेको छैन।मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ।