विराटनगर महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, १६ विरुद्ध मुद्दा

विराटनगर महानगरका प्रवक्ताको सिफारिसमा भारतीयलाई नागरिकता, १६ विरुद्ध मुद्दा

विराटनगर : भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र सिफारिस गर्ने विराटनगर महानगरपालिका प्रवक्ता उद्धव अर्यालयसहित १६ विरुद्ध आइतबार जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ।

प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै झुटा विवरण पेश गरी विदेशीले नेपाली नागरिकता लिएको, दिलाएको अभियोगमा मुद्दा दायर गरेको हो। 

भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिने महानगरपालिका पवक्ता एवम् वडा नम्बर १ का अध्यक्ष अर्यालले पछिल्लो समय दुई भारतीयलाई नेपाली नागरिकताका लागि सिफारिस गरेको खुलेको छ। अर्यालसहित वडा सदस्य रमेश साह र सुन्दरहरैंचा नगरपालिकामा बसोबास गर्ने वडा सचिव पुष्पा तिम्सिनाविरुद्ध मुद्दा दायर भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए। 

बाबु बनेर भारतीयलाई नागरिकता दिलाउने मुख्य भूमिकामा रहेका विराटनगर १ घर भइ मोरङको कटहरी गाउँपालिका १ मा बस्दै आएका ५५ वर्षीय सत्यनारायण पोद्धारलाई मुख्य अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ। 

पोद्धारले अहिलेसम्म झुटा विवरण पेश गर्दै आफू बाबु बनेर सातजना भारतीयलाई नागरिकता दिलाएको अनुसन्धानका क्रममा खुलेको छ। स्रेस्तेदार ओझाका अनुसार झुटा विवरण पेश गरी छोरा बन्ने र नागरिकता लिने भारतीय नागरिक २२ वर्षीय संजीव पोद्धार, २० वर्षीय धिरज पोद्धार, जितेन्द्र पोद्धार, २५ वर्षीय राजेन्द्र पोद्धार, रोशनकुमार पोद्धार, १८ वर्षीय मिथिलेश पोद्धार र १९ वर्षीय पवन पोद्धारलाई पनि मुद्दाको प्रतिवादी बनाइएको छ। 
स्रोतका अनुसार मिथिलेश र पवनलाई नागरिकता दिलाउनका लागि वडा अध्यक्ष अर्यालले पछिल्लो पटक सिफारिस गरेको र वडा सदस्य रमेश साह साक्षी बसेको खुलेको छ। 

अन्य पाँच जनालाई भने त्यस अघि नै सत्यनारायणले बाबु बनेर नागरिकता दिलाइसकेको खुलेको छ। भारतीय नागरिकलाई नेपाली नागरिकता दिनका लागि सर्जीविन गर्नेहरु विराटनगर १ की ४७ वर्षीय सीमादेवी राम, ५३ वर्षीय मनोज हरिजन, ६४ वर्षीय छोटेलाल मुखिया, सुनसरीको कोसी गाउँपालिका १ का ४५ वर्षीय सुरेश पोद्धार र मोरङको कटहरी गाउँपालिका १ का ४३ वर्षीय बैजनाथ शर्माविरुद्ध पनि मुद्दा दर्ता भएको छ। 

मुद्दा दर्ता गरिएका मध्ये मुख्य अभियुक्त सत्यनारायण मात्रै पक्राउ परेका छन्। वडा अध्यक्ष अर्यालयसहित अन्य १५ जना फरार छन्। सत्यनारायण पक्राउ परेको थाहा पाएसँगै अर्यालसहित अरु फरार बनेको प्रहरीले जनाएको छ। 

मुख्य अभियुक्त सत्यनारायणले कान्छी श्रीमती पट्टीका छोरा देखाउँदै मोटो रकम लिएर भारतीयलाई नेपाली नागरिकता दिलाउने काम गर्दै आएको एक प्रहरी अधिकारीले बताए।
 
जनप्रतिनिधि निर्वाचित भएर आए लगतै २०७४ मा एक जनाको नागरिकता बनाइदिएका पोद्धारले २०७५ पनि अर्का एकजनाको नागरिकता सिफारिस गराउन सफल भएको खुलेको छ। 

मोरङ प्रहरीले किर्ते गरेर विदेशीलाई नागरिकता दिलाएको अभियोगमा पोद्धार पक्राउ गरेपछि सातजना भारतीय नागरिकलाई उनी नै बाबु बनेर नेपाली नागरिकता दिलाएको र यसमा जनप्रतिनिधि समेत संलग्न रहेको खुलेको हो। 

समय अभावका कारण आइतबार मुख्य अभियुक्त सत्यनारायणको वयान सरेको छ। सोमबार वयान भए लगत्तै थुनछेक बहस हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.