तुलाधरको योगदान स्मरणीय : प्रधानमन्त्री ओली

तुलाधरको योगदान स्मरणीय : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी नेता पद्मरत्न तुलाधरले मुलुकका लागि पुर्याएको योगदान सदा स्मरणीय रहने बताएका छन्। 

प्रधानमन्त्रीले तुलाधरको निधन भएको खबर सुन्दा आफूलाई अत्यन्तै दुःख लागेको बताएका छन्। प्रधानमन्त्रीले दिवङ्गत तुलाधरप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवार र आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन्। 

‘कठिन परिस्थितिदेखि अहिलेसम्म अनेक उतारचढावसँग परिचित, लामो समयदेखिका मेरा आदरणीय मित्र पद्मरत्न तुलाधरको निधनको समाचारले म अत्यन्त मर्माहत भएको छु’, प्रधानमन्त्री ओलीले भनेका छन्, ‘तानाशाही विरुद्धको संघर्षका क्रममा जेलमा उहाँसँग बिताएका क्षणहरु म स्मरण गरिरहेको छु ।’ 

मानवाधिकारवादी, लेखक तथा वरिष्ठ वामपन्थी नेता तुलाधरको आइतबार दिउँसो निधन भएको हो।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.