पार्टी मिल्यो, मन मिलेन

पार्टी मिल्यो, मन मिलेन

जनकपुरधाम : एमाले र माओवादी केन्द्र एकता भई नेकपा बनेको लामो समय बितिसकेको छ। तर, प्रदेश २ मा पार्टीका नेता–कार्यकर्ताको मन अझै मिल्न सकेको छैन। यही कारण प्रदेश संसदीय दलका नेता चयन हुन सकेको छैन। प्रदेश तहको विवादको असर जिल्ला, नगर तथा गाउँसम्म पर्न थालेको छ।

तत्कालीन एमाले र माओवादी दुवै संसदीय दलका नेताले आआफ्नो दाबीसहित प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन्। एकतापछि गत असोज २३ गते जनकपुरमा बैठक बसेको थियो। बैठकले विधान मस्यौदा समिति गठन ग¥यो। तर, तत्कालीन एमालेका सत्यनारायण मण्डलले आफू नेकपा संसदीय दलका नेता चयन भएको भन्दै प्रदेशसभामा पत्र पठाए।

त्यसपछि तत्कालीन माओवादी संसदीय दलका नेता रामचन्द्र मण्डल रुष्ट बनेका छन्। उनले पनि सभामुख सरोज यादवसँग छलफल गरेर प्रदेशसभामा पत्र पठाए। सत्यनारायणको पत्र कार्यान्वयन नगर्न उनले माग गरेका छन्। बैठकमा सत्यनारायणले ज्येष्ठताका आधारमा अध्यक्षता गरे पनि दलका नेता चयनका विषयमा छलफल नै नभएको दाबी उनले गरे।

‘म्याइन्युटमा पछिबाट संसदीय दलका नेता चयन र बधाई ज्ञापन प्रस्ताव थप गरी निर्णय लेखेको पत्ता लाग्यो’, उनले भने, ‘त्यसपछि सांसदहरूसँगै छलफल गरेर सत्यनारायण मण्डलको पत्र कार्यान्वयन नगर्न सभामुखलाई पत्र लेख्न बाध्य भएँ।’ सत्यनारायणले भने आफू नै दलका नेता भएको बताए। भने, ‘तर, अन्तरिम।’ केही दिनभित्रै विधान बनाएर नेता चयन हुने उनको भनाइ छ।

प्रदेशमा तत्कालीन एमालेका २१ र माओवादीका ११ सांसद छन्। एउटै पार्टीका सांसद भए पनि उनीहरू एउटै कार्यालयमा बस्दैनन्। एकअर्काका कार्यालय पनि जाँदैनन्। दुवैका पार्टी कार्यालय १ सय मिटर दूरीमा सञ्चालित छन्। दुवै पार्टी कार्यालयमा बोर्ड भने नेकपाकै राखिएको छ।

‘कार्यालयमा नआए टाउकोमा बोकेर ल्याउने होइन’, सत्यनारायणले भने, ‘कार्यालय नआउने र पार्टी छाडेर जाने पनि स्वतन्त्रता छ।’ पूर्वमाओवादीका एक सांसदले पूर्वएमाले नेताले एकलौटी गर्न खोज्दा विवाद भएको बताए। गाउँ, नगर र जिल्लाका नेता पनि आआफ्नै किसिमले काम गरिरहेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.