५ लाखभन्दा बढी मुल्यका मोबाइल बरामद

५ लाखभन्दा बढी मुल्यका मोबाइल बरामद

सिरहा : प्रहरीले राजश्व छली भारतीय बजारबाट नेपाल ल्याउँदै गरेको पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेको छ।सशस्त्र प्रहरी लहानको टोलीले पाँच लाखभन्दा बढी मुल्यका ३४ थान मोबाइल सेट बरामद गरेका हुन्।

लहान-ठाडी सडक खण्डको लहान नगरपालिका- १९ स्थित कटहाचौक र प्रयागपुर गाउँको बीचमा सशस्त्र प्रहरीलाई देखे पछि त्यही मोबाइलको झोला छाडेर भागेको सशस्त्र प्रहरीका डीएसपी निवन कुमार खडकाले बताए।

उनका अनुसार प्रहरीलाई देखेर ती व्यक्तिले छाडेको झोला चेक गर्दा विभिन्न कम्पनीको ३४ थान मोबाइल फेला परेको छ ।चाडपर्व समयमा तस्करले सीमावर्ती भारतीय बजारबाट विभिन्न मालसमानको तस्करी बढाएको छ।

दुईदिन पहिले पनि यही स्थानबाट सशस्त्र प्रहरीले कपडा बरामद गरेको थियो। लहान बजारको अधिकांश मोबाइल पसलमा भारतबाटै राजश्व छली गरी ल्याइएको मोबाइल छयापछयाप्ती छन्।

यहाँका पसलमा मोबाइल किन्दा बील पनि नदिने गरेको स्थानीय उपभोक्ता विरेन्द्र यादवले सुनाए। 'आफूले तीन दिनअघि मात्रै मोबाइल किन्दा पसलले बिल दिएन', उनले भने, 'राजश्व छल गरी ल्याएकै समान बजार भरिएको छ, तैपनि अनुगमन गर्ने निकाय मौन छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.