फूलखेतीबाट महिनामै डेढलाख नाफा

फूलखेतीबाट महिनामै डेढलाख नाफा

बेसीशहर : बेसीशहर–५ बोहोराबेसीकी हुमा गुरुङलाई घाम उदाएदेखि अस्ताएसम्म फूलबारीमामा काम गर्न भ्याईनभ्याई छ । माटो र फूलसँगै रम्न पाउँदा सारा दुःख, पीडा भुलेको महसुस भएको गुरुङ बताउँछिन् ।

‘फूलको हेरचाहमै दिन बित्छ, बिहान उठेदेखि नै फूलमा पानी हाल्यो, गोडमेल ग¥र्यो, समय बितेको पत्तै हुँदैन । यसैमा खुसी र सुखी छु’, हुमाले भनिन् । हुमाको फूलबारी नर्सरीमा सयभन्दा बढी प्रजातिका फूलका विरुवा हुर्किरहेका छन् । चार रोपनीमा फूलका विरुवा र थप चार रोपनीमा चाईनिज दुवो खेती भैरहेको हुमाले बताइन् ।

चार वर्षअघि धान खेती भइरहेको जग्गा भाडामा लिएर पुष्प नर्सरी सुरु गर्दा हुमालाई हौसला दिनेभन्दा गिज्याउने धेरै थिए । त्यसबेला पुष्पखेती पनि हुन्छ र ? भनेर प्रश्न गर्नेहरु अचेल हुमाले यसबाट गरिरहेको आम्दानी देखेर जिब्रो टोक्न थालेका छन् । १० लाख रुपैयाँबाट सुरु गरिएको यो व्यवसाय अहिले ६० लाखको पुगेको हुमा बताउँछिन् ।

२०७१ सालमा पुष्प व्यवसायमा प्रवेश गरेकी हुन् हुमा । विभिन्न फूल र फलफूलका बिरुवा तयार गर्ने उद्देश्यका साथ सञ्चालित उनको पुष्प नर्सरी व्यवसायले अहिले फड्को मारेको छ । उनले नर्सरीमा बिरुवा तयार पार्नुका साथै फूल खेती पनि गर्दै आएकी छन् ।

दुईवटा ग्रिनहाउस नर्सरीमा सयपत्री, बहुवर्षे जिरानियम, जर्बेरा, पिटुमिया, डायन्थल्स, बेगनवेलिया, गुलाव, धुपी, क्रोटन, क्रिसमसलागयतका फूलका बिरुवा उत्पादन र बिक्री भइरहेको छ । यस्तै हाईव्रिड जातका कागती, अम्बा, आँप, लिची, एभोगार्ड, सुन्तला मुन्तला, अनार, रुद्राक्ष, बुद्धचित्तलगायतका विरुवा पनि उपलब्ध छ ।

‘फूलमा भन्दा फूलका बिरुवा बेच्न फाइदा हुन्छ’, उनले सुनाइन् । ‘अहिले फूल र नर्सरीमा तयार पारिएका बिरुवा बेचेर दैनिक १० हजार आम्दानी हुन्छ’, हुमाले भनिन, ‘यसरी हेर्दा मासिक तीन लाख आम्दानी हुन्छ । आफ्नो र कामदारको तलब, विउ, जग्गाभाडा आदि कटाउँदा डेढलाख चोखो बच्छ ।’

‘दिनमा १० हजारदेखि डेढलाख सम्मको फूलका बिरुवा बेचेँ । सार्वजनिक कार्यक्रममा खादा भन्दा मालाको माग बढ्दो छ’ हुमाले भनिन्, ‘उत्पादनले बजार नपाउने चिन्ता छैन, मागअनुसार पु¥र्याउनै सकेको छैन ।’हुमाले जिल्लामै पहिलोचोटी पुष्प व्यवसाय सञ्चालन गर्दा जिल्ला कृषि विकास कार्यालय लमजुङले बीउ खरिदका लागि केही रकम सहयोग गरेको थियो । तर, त्यसयता सरकारी निकायबाट सहयोग पाउन नसकेको उनको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.